सामी परियोजना गण्डकी प्रदेशले कर्मचारीकालागि कथालेखन तथा फोटोग्राफीसम्बन्धी कार्यशाला आयोजना गरेको छ । बुधबार सुरु भएको कार्यशाला शुक्रबारसम्म चल्नेछ ।
कार्यशालमा सामी हेल्भेटास गण्डकी प्रदेश संयोजकसहित ३ कार्यक्रम अधिकृत, मनोसामाजिक सुपरभाइजर, बितीय साक्षरता क्षत्रीय संयोजक र परियोजना संयोजकसहित २५ जनाको सहभागिता छ । सामी परियोजना कार्यक्रम सञ्चालन भएका गण्डकी प्रदेशका ६ जिल्लाका ३ वितीय साक्षरता सहजकर्ता र ११ मनोसामाजिक परामर्शकर्तालाई कार्यक्षेत्रमा गरेको कामलाई कथा तथा फोटोको माध्यमबाट रिपोटिङ गर्न सहज बनाउन तालिम आयोजना गरिएको हो ।
कार्यशालामा उज्यालो नेटवर्कका अध्यक्ष गोपाल गुरागाई र सामी हेल्भेटासका सूचना तथा ज्ञान व्यवस्थापन अधिकृत संगीता रिजालले सहजीकरण गरेको सामी हेल्भेटास गण्डकी प्रदेश संयोजक उमा शर्माले बताइन् ।






