समाचार

एमाले सांसद रेशम चौधरीको पार्टीमा प्रवेश

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा बिहीबार कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदको प्रवेशले जिल्लामा तरंग ल्याएको छ । प्रदेशसभा सदस्य रतन थापा तथा पूर्वसांसद हिमाञ्चल भट्टराई र कैँया चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने थापा एमालेका बहालवाला प्रदेश सांसद हुन् । यस्तै भट्टराई पनि एमालेका नेता हुन् भने चौधरी पार्टी प्रवेशअघि राप्रपा केन्द्रीय सदस्यको भूमिकामा थिइन्। रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक… पुरा पढौ

लामाचौर राष्ट्रिय भलिबल जारी

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको लागि भएको… पुरा पढौ

राष्ट्रिय भलिबल प्रतियोगिता जारी, एपिएफको विजयी सुरुवात

१२ भदौ , आईतबार । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ । आइतबार पुरुष राष्ट्रिय भलिबलमा सशस्त्र प्रहरी बल एपिएफले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गरेको छ । पहिलो सेटमा २०–२५ मा पराजित भएकोमा एपिएफले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला सेट आफ्नो पक्षमा पारेको हो । एपिएफले २५–१९, २५–२२ र २५–१९ मा मणिमुकुन्दलाई हराएको हो । आईतबार नै त्रिभुवन… पुरा पढौ

अख्तियारको उजुरीलाई बेवास्ता गर्दै विवादास्पद व्याक्तिलाई कर्मचारीमा छनौट

बागलुङमा सुरक्षित आप्रवासन परियोजना (सामी) का लागि कर्मचारी छनौटमा विवादित व्याक्तिलाई छनौट गरेको सार्वजनिक भएको छ । गत आर्थिक वर्षसम्म भिमपोखरा युवा क्लव द्वारा सञ्चालित परियोजनामा कर्मचारी छनौटमा नक्कली कागजात पेशगरेको भन्दै अख्तियारमा उजुरी परेकै व्याक्तिलाई बागलुङ नगरपालिकाले पुन: कर्मचारी मै छनौट गरि कानुनको उल्लंघन गरेको हो । चालू आर्थिक वर्षदेखि बागलुङ नगरपालिकाको मातहतबाट सञ्चालन हुने परियोजना (सामी) को लागि पहुँचको आधारमा फेक डकुमेन्ट (झुटो कागजात) बनाएको आरोप लागेका व्यक्तिलाई… पुरा पढौ

कांग्रेसले सही मूल्यांकन नगरे अर्काे गठबन्धनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन् । माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए । कांग्रेसले नमाने, गठबन्धनमा शक्तिको सही पहिचान नगरे वाम गठबन्धन पनि बन्न सक्ने उनको भनाइ छ । स्थानीय चुनावमा देखिएका समस्या समाधान गरेर तालमेललाई ठीकसँग लान कांग्रेस तयार नभए कांग्रेस र… पुरा पढौ

नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने

विप्लवबाट छुट्टिएरको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमासंयोजक धर्मेन्द्र बाँस्तोलाले अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नहुने दाबी गरे । उनले भने, ‘यो व्यवस्था नै जनता विरोधी छ । यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् । यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै… पुरा पढौ

झापामा स्वतन्त्रको लर्काे, ओलीसँग युगपाठक भिड्ने

झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट चर्चित लेखक तथा साहित्यकार युग पाठक प्रतिनिधि सभा सदस्य चुनाव लड्ने भएका छन् । पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाठकले घोषणापत्र तयार पारिरहेको बताएको छ । झापामै हुर्किएका पाठक नागरिक आन्दोलनका अगुवासमेत हुन्। ।झापाका चर्चित वामपन्थी नेता युक्त भेटवाल पनि झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा छन् । झापा क्षेत्र नम्बर ४ पनि… पुरा पढौ

कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छानिए

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य वसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरीयका लागि २ छुट्टाछुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समिति कोषाध्यक्ष कञ्चन थापाले प्याराग्लाइडिङमा २ वैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको… पुरा पढौ

नयाँबजार शिव सरस्वती मन्दिरमा आरती

पोखराको नयाँबजारमा रहेको शिव सरस्वती मन्दिरमा शनिबार साँझ आरती गरिएको छ । मन्दिर परिसरमा नयाँ भवन र मन्दिर बनेपछि यहाँ नियमित कार्यक्रम हुन थालेका छन् । शनिबारको आरती कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा, राधा थापा, मनलक्ष्मी थापा, ध्रुव थापा र मिलन थापाले सौजन्य गरेका हुन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हरिहर सापकोटाले मन्दिरलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा… पुरा पढौ

लामाचौर तीज महोत्सवअन्तर्गत राष्ट्रिय भलिबल सुरु

११ भदौ , शनिबार । लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल पुलिस विजयी हुँदा अर्को खेल स्थगित भयो । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा भदौ १२ देखि १४ सम्म आयोजना गरेको २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को पूर्वसन्ध्यामा भलिबल प्रतियोगिता सुरु भएको हो । चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं