मुख्य समाचार

यस्ती बुहारी कसैलाई नपरोस्….

धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीद्वारा वृद्धा सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।     उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो ।  मादक पदार्थ… पुरा पढौ

यस्तो छ आजको मौसमवाणी

गत बिहीबारदेखि चलिरहेको मनसुनी वर्षा बिस्तारै कमजोर हुँदै गए पनि खतरा भने अझै टरेको छैन ।  बुधबार बिहान पूर्वका धेरै ठाउँहरुमा वर्षा भइरहेको छ । मध्य र पश्चिममा फाट्फुट वर्षा भइरहको छ । लगातार वर्षाको सम्भावना भने देखिँदैन ।  बुधबार बिहानैदेखि धनुषा, सिराहा र सप्तरी जिल्ला आसपास मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । यो प्रणाली क्रमशः विकसित हुँदै पूर्वतिर सरेको हो ।  बाढी पहिरो धेरै नै हुने गरी… पुरा पढौ

ठगी कशुरमा जेल पर्ने महिला को हुन् ?

ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् । पोखराको अर्घौचोकमा बस्दै आएकी सरिताले ५० जनाभन्दा बढीबाट रु साढे २ करोड ठगी गरेको आरोपमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीको इजलासले सो फैसला गरेको हो । पुर्पक्षका लागि थुनामा रहेकी सरितालाई रु साढे २ करोड बिगो र सोही बमोजिमको जरिवाना गरी रु ५ करोड भराउने फैसला गरिएको थियो… पुरा पढौ

भ्याट र भिसिटिएसप्रति उद्योगी/व्यवसायी सशंकित, आन्दोलनको चेतावनी

उद्योगी तथा व्यवसायीले वेबमा आधारित ढुवानीमा ट्याकिङ प्रणाली तत्काल लागु नगर्न सरकार समक्ष आग्रह गरेको छ । उनीहरूले उक्त व्यवस्थाको बारेमा व्यवसायीमा ज्ञानको अभाव तथा नगर क्षेत्र भित्रको स्थानीय ढुवानीको व्यवसायमा थप जटिलता आउने भन्दै उक्त व्यवस्था तत्काल लागू नगर्न आग्रह गरेका हुन् । उक्त व्यवस्थाले यस राजमार्गमा हुने राजस्वका ढाँटहरू कम भए पनि स्थानीयस्तरमा अप्ठ्यारो पार्ने दावी गरेका छन् । अनुसन्धान विभागबाट वेबमा आधारित ढुवानी प्रणाली अन्तर्गत १ स्थानबाट… पुरा पढौ

नेकपाको एकता प्रक्रियाले पायो पूर्णता !

प्रमुख सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याएकोे महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए । पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रूप… पुरा पढौ

भिसिटिएस लागु गरे कडा आन्दोलन गर्ने मदिरा व्यवसायी महासंघको चेतावनी (विज्ञप्तिसहित)

सरकारले साउन १ गतेदेखि लागु गर्न लागेको एक ठाउँबाट अर्को ठाउँमा मालसमान ओसार पसार गर्दा वेवमा आधारित अनलाईन ढुवानी साधन अनुगमन प्रणाली (भिसिटिएस) प्रति नेपाल मदिरा व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव तारानाथ ढुंगानाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भिसिटिएस प्रणालीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सम्बन्धित सरोकारवालासंग कुनै छलफल नगरी, बिना तयारी, सबै व्यवसायीलाई एउटै नजरले हेर्ने दृष्टिकोण वैज्ञानिक मापदण्ड नभएको महासंघले ठहर गरेको… पुरा पढौ

विरोधका बाबजुद सांसदलाई ल्यापटप

सांसदहरुकै बिरोधको वेवास्ता गर्दै सांसदहरुलाई ल्यापटप दिने काम अघि बढाइएको छ । सभामुख कृष्णबहादुर महराले अघि बढाएका हुन् । २ करोड ८८ लाख १६ हजार रुपैयाँमा तीन सय ३४ वटा ल्यापटप किन्न ‘काष्ठमन्डप एसिया इन्टरनेशनल’ नामक कम्पनीसँग सम्झौता गर्न लागिएको छ । सांसदहरुको बिरोधका बाबजुद पनि कमिसनको लोभमा ल्यापटप खरिद प्रक्रिया अघि बढाइएको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका छन् । संसदीय समितिहरुमै अवलोकन भ्रमणका नाममा अनियमितता हुने भन्दै बिरोध सुरु भएको… पुरा पढौ

स्वास्थ्य मन्त्रालयका महत्तवपूर्ण निर्णयहरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिन करारका विषयमा ४ बुँदे निर्णय गरेको छ । मन्त्रालयले प्रदेश र स्थानीय तहका संस्थामा करारमा कार्यरत कर्मचारीका विषयमा ४–४ बुँदे निर्णय गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय अनुसार करारमा रहेका कर्मचारीको पद रिक्त रहने भएकाले उनीहरुको अवधि ६ महिनासम्म थप हुने निर्णय गरिएको छ । हेर्नुस् निर्णय पुरा पढौ

संगीतकार कालीप्रसाद बास्कोटालाई ‘समाचार’ मा धुन चोरेको आरोप

प्रसिद्ध संगीतकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ । हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो । बिक्कीले आफ्नो फेसबुकमा समाचारले आफ्नो गीतको धुन चोरेकोमा आफु छक्क परेको लेखेका छन्। महत अहिले बास्कोटासँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् । प्रतिलिपी… पुरा पढौ

मन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ । समानुपातिक, समावेशी सिद्धान्त विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको ‘आरक्षण बचाऔंँ आन्दोलन’ ले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दबाब दिएका छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं