मुख्य समाचार

नेविसंघ कास्कीमा थुप्रै सभापति, आधिकारिक को हो ?

नेपाली कांग्रेसको शक्तिशाली भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीमा कति वटा कमिटी होला ? यो सबैको चासोको विषय बनेको छ । हुन त नेपाली कांग्रेसले नेविसंघ विघटन गरेको ५ महिना भैसकेको छ । यस्तो अवस्थामा नेविसंघ छैन भन्न मिल्छ । तर कास्कीमा ४/५ वटा नेविसंघ छन् । नेविसंघको नाममा विभिन्न गतिविधि पनि भइरहेका छन् । पोखरा ईन्जिनियरिङ्ग कलेजको घटनाले कास्कीमा ४/५ वटा नेविसंघ देखिएका छन् । ३ वटा नेविसंघका… पुरा पढौ

बाढी पहिरोबाट ७८ को मृत्यु, ३२ बेपत्ता, सत्र हजार घरधुरी विस्थापित

मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको… पुरा पढौ

‘उच्चस्तरीय वार्ता भएकै छैन’

नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको हतियार नकाम भएपछि वार्ताको झुटको खेती मच्चाएको बताएको छ। नेकपाले फेक इन्काण्टरमाथि पर्दा हाल्न झुटको खेती गरिएको दावी गरेको छ। स्रोतका अनुसार पछिल्लो समय बिभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेतासँग वार्ता भएको प्रचारवाजी सुनियोजित र कपोलकल्पित हुन्। नेपाल कम्युनिष्ट पार्टीमाथिको दमन र उसका नेता कार्यकर्ता हत्याको सडक सदन र आम जनसमुदायले बिरोधमा उत्रिएपछि सरकारले यस्तो सुनियोजित प्रचार चलाएको नेकपाले दावी गरेको छ। नेकपामाथिको… पुरा पढौ

अर्को नेकपा जन्मियो, संयोजकमा युवराज सफल, १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट समुहको बैंठक सम्पन्न भएको छ । यही असार ३० गते बसेको पार्टी केन्द्रीय कार्यालय (हेर्ड क्वाटर)बैठकले समसामयिक राजनीतिक विषयवस्तु र पार्टीका महत्वपुर्ण विषयमा गम्भीर ढंगले छलफल गरी निम्न निर्णयहरु पारित गरिएको नेकपाको केन्द्रीय समानान्तर सचिवालयका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।  सो बैठकले पार्टीको नामाकरणको सम्बन्धमा असन्तुष्ट समुहहरुले बद्लिदो परिवेशसँगै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नै राख्ने र यही नाममा समान्तर पार्टी गतिविधि… पुरा पढौ

सर्वोच्चको आदेश उल्लंघन : विषादी परीक्षण नगरी भित्रिँदै तरकारी तथा फलफूल

सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्‍यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।”  यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्ने बताएपछि नेपालगञ्जमा एक साता अघिदेखि जाँच पुनः… पुरा पढौ

एकताको काम आज बेलुकासम्म टुंगिन्छ : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकासम्म पार्टी एकताको बाँकी काम टुंग्याउने बताएका छन्। नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘हामी दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड) ले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकताको सवै काम आज बेलुकासम्म टुंगो… पुरा पढौ

अन्तरवार्ता छुटेका शिक्षकको परीक्षा साउन ५ गते

 शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा खुल्लातर्फ अन्तरवार्ता दिन छुटेकाहरुलाई जरुरी सूचना जारी गरेको छ । खुल्लातर्फको लिखित परीक्षा उत्तीर्ण गरेको तर, २०७६ साल असार ९ गते विविध कारणबस मौखिक परीक्षा दिन छुटेकालाई अर्को ब्यवस्था गरेको हो । आयोगले विभिन्न कारणसहित छुट्न गएका उम्मेद्धारहरुको लिखित परीक्षा आगामी साउन ५ गते लिने भएको छ । शिक्षक सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा विहान ७ः३० बजे परीक्षा हुने जनाइएको छ । शिक्षक सेवा… पुरा पढौ

पूर्व सूचना प्रणाली व्यवस्थित बन्दै

पश्चिम नवलपरासीमा बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै गएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ । जिल्ला प्रशासन कार्यालयस्थित विपद् व्यवस्थापन कक्षमा जिल्ला आपत्कालीन परिचालन (सूचना) केन्द्र स्थापना गरी जलमापन यन्त्र जडान गरिएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको हो । प्रदेश नं ५ को आन्तरिक तथा कानून मन्त्रालयको सहयोगमा स्थापना गरिएको उक्त सूचना केन्द्रबाट नारायणी नदीको जलसतहको अवस्था तथा मौसमसम्बन्धी पूर्वसूचना आदनप्रदानमा सहज भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले… पुरा पढौ

गुन्डा नाइके राजेन्द्र लामा ‘निमा’ पक्राउ

गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन्। उनलाई साेमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले भने, ‘पत्रकार समेतलाई धम्क्याएको लगायतकाे अभियोगमा उनलाई पक्राउ गरेका हौँ, यसबारे विस्तृत जानकारी पछि दिनेछौँ ।’ लामा काभ्रेका स्थायी बासिन्दा हुन्। उनी जुवा अखडाहरूमा गएर धम्क्याउने र पैसा असुल्ने गरेको आरोप छ।  पुरा पढौ

पश्चिम नेपालका केही जिल्लामा सतर्कता अपनाउनुपर्ने ! किन ?

पूर्वी नेपालमा केहीदिनदेखि चल्दै आएको बाढीको प्रकोप पश्चिम नेपालमा सरेको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिन अनुसार पश्चिम नेपालका केही जिल्लाहरुमा सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।  महाशाखाका अनुसार आगामी ३ दिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने उल्लेख छ । मंगलबा पूर्वमा कन्काई, बिरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, वर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोतरी, झापा, मोरङ जिल्ला भई बहने केही स… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं