हिन्दू धर्मालम्बीको महान पर्व जनैपूर्णिमा, रक्षाबन्धनको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गर्दै जनैपूर्णिमाको पावन अवसरमा पोखरा महानगरबासी, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना गरेका छन् । ‘जनैपूर्णिमा, दिदी, बैनी र दाजुभाइको गहिरो नाता हातमा रक्षाको धागो लगाएर पवित्र सम्बन्धलाई अटल राख्ने महत्वपूर्ण दिनका रुपमा…
पुरा पढौ