पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेको थियो ।

पुडासैनीका परिवारले भिडियो सार्वजनिक गरिदिएपछि यो घटना गम्भीर मोडमा प्ुगेको छ । पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको दाबी गरेका छन् ।

उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। भिडियोमा भनिएको छ, ‘प्यारी सम्झना, मैले कसरी सक्नु १ रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ।ु

उनले श्रीमतीलाई अर्को बिहे गर्न पनि आग्रह गरेका छन् । उनले न्युज २४ छाड्छु भन्दा आफूलाई बलात्कार अभियोगमा फसाउन खोजिएको दाबी गरेका छन् ।