ताजा समाचार

श्रावण २९ गते २०७६

मेयर जिसी र उपमेयर गुरुङको शुभकामना

हिन्दू धर्मालम्बीको महान पर्व जनैपूर्णिमा, रक्षाबन्धनको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले शुभकामना व्यक्त गरेका छन् ।

बुधबार शुभकामना सन्देश जारी गर्दै जनैपूर्णिमाको पावन अवसरमा पोखरा महानगरबासी, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना गरेका छन् ।

‘जनैपूर्णिमा, दिदी, बैनी र दाजुभाइको गहिरो नाता हातमा रक्षाको धागो लगाएर पवित्र सम्बन्धलाई अटल राख्ने महत्वपूर्ण दिनका रुपमा मानिन्छ । रक्षा शब्दको अर्थ रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु भन्ने बुझिन्छ भने बन्धन शब्दको अर्थ कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु वा प्रण गर्नु हो भन्ने अर्थ लाग्दछ । त्यसैले हामीले पनि आफ्नो संस्कार, संस्कृतिको रक्षा गर्न कर्मलाई पवित्र, मान्दै यसलाई महत्वपूर्ण र श्रेष्ठ तथा दिव्य बनाएर आफ्नो देश तथा विश्वको रक्षा गर्ने पवित्रताको प्रण गरौं’ शुभकामना सन्देशमा भनिएको छ ।

‘नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जाती तथा समुदायले मनाउने आफना मौलिक चाडपर्वह छन् । जुन पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कार्यम गदै विविधतामा एकता थप्दै आपसी सद्भाव प्रगाढ बनाएको छ । यस्ता चार्ड पर्वले समुदायवीच सद्भाव कायम राख्दै पोखरा महानगरलाई साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकीकृत बनाउन भूमिका खेल्ने विश्वास गरेका छौं’, शुभकामना सन्देशमा भनिएको छ ।