मुख्य समाचार

मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुरा पढौ

आयल निगम चर्को घाटामा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । सोमबार मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज… पुरा पढौ

वायु सेवा निगमका महाप्रबन्धकलाई स्पष्टीकरण सोधियो

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसँग स्पष्टीकरण मागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका मन्त्री आलेले पौडेलसँग स्पष्टीकरण सोधेका हुन् । निगमको जहाजबाट आइतबार बिहान काठमाडौं भोजपुर उडानको क्रममा ७ जना यात्रु छुटेको विषयमा लिखित जवाफ माग गरिएको हो । यात्रुलाई छोडेर तोकिएको समयभन्दा पहिले नै निगमको जहाज उडेको थियो । पुरा पढौ

गृहमन्त्री खाँणले गरे १२ सिडियोको सरुवा : को-कहाँ ?

गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरेका हुन्। गृहमन्त्रालयका किरण थापालाई कैलालीको सिडियो नियुक्त गरी कैलालीका खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालय तानिएको छ।जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु… पुरा पढौ

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् ।गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहमा उहाँले प्रजातन्त्र कसैले खोस्न नसक्ने र यसको खिलाफमा कसैले सपना नदेखे हुने स्पष्ट पारे । गण्डकी प्रदेशलाई साक्षर घोषणा गरी साक्षर प्रदेशको बासिन्दा भएकामा प्रदेशवासीलाई बधाइ व्यक्त गर्दै उनले नेपालको संविधानमा शिक्षालाई मौलिक हकका रूपमा राखिएको बताए । देशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएका प्रयासलाई अन्तर्राष्ट्रिय जगत् र विश्व स्वास्थ्य… पुरा पढौ

साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण

प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गर्नुभएको छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका छन् । गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा… पुरा पढौ

एमालेको विधान अधिवेशन सुरु, ५ उपाध्यक्ष र ६ सचिव राख्न प्रस्ताव

नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशनमा ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने प्रस्ताव गरिएको छ। विधान महाधिवेशनका लागि वितरित दस्तावेजमा राष्ट्रिय महाधिवेशनको अधिकार र कर्तव्य शीर्षकमा राष्ट्रिय महाधिवेशन सञ्चालन गर्न अध्यक्षमण्डल र आवश्यक संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ। एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एकतिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गर्ने पनि प्रस्ताव गरेको छ। पूर्वमाओवादी नेता प्रभु शाहले भने विधान अधिवेशन बहिष्कार गरेका छन्… पुरा पढौ

पत्रकारिता तालिममा पनि भ्रष्टाचार !

पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जना विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल विरुद्ध बिशेष अदालतका काठमाडौंमा मुद्धा दर्ता गरेको हो । उनिहरुले आर्थिक वर्ष २०७५(०७६ मा आधारभूत पत्रकारिता तालिम… पुरा पढौ

अखिल(क्रान्तिकारी)मा नयाँ कमिटी

अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ । शनिबार सकिएको सम्मेलनले २० भन्दा बढी महिलासहित १ सय ५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगर छन् । समितिमा महिलाबाट कलसा शाही, करिश्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा,… पुरा पढौ

कांग्रेस पोखरा महानगर सभापतिमा बिजुक्छे (कसको मत कति)

नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी सभापति चुनिएका हुन् । बिझुक्छेले ४१४ मत ल्याउँदा उनका निकटतम प्रतिश्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत पाएका छन् । उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भए । टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिव चुनिँदा सहसचिवमा संघर्ष कोइराला र सन्जय आले विजयी भएका छन् । महानगरको निर्वाचनमा कुल १३४४ मत खसेको थियो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं