कांग्रेस पोखरा महानगर सभापतिमा बिजुक्छे (कसको मत कति)

नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् ।

५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी सभापति चुनिएका हुन् । बिझुक्छेले ४१४ मत ल्याउँदा उनका निकटतम प्रतिश्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत पाएका छन् ।

उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भए । टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिव चुनिँदा सहसचिवमा संघर्ष कोइराला र सन्जय आले विजयी भएका छन् ।

महानगरको निर्वाचनमा कुल १३४४ मत खसेको थियो ।

कांग्रेसको अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चुनिएको छ । अन्नपूर्णमा मनपति भण्डारीको सभापतित्वमा र रुपा गाउँपालिकामा बिमलबाबु न्यौपानेको नेतृत्वमा निर्विरोध समिति बनेका छन् ।

मादी गाउँपालिकामा भने रोचक प्रतिश्पर्धा भएको छ । यामप्रकाश गुरुङ देवीजंग गुरुङलाई १ मतले हराउँदै सभापति बने । जंगदेवीले ९२ मतमा चित्त बुझाउँदा यामप्रकाशले ९३ मत पाए ।

माछापुच्छ्रे गाउँपालिकामा भएको चुनावमा मधुसुदन अधिकारीलाई हराउँदै वीरेन्द्र गुरुङ सभापति बनेका छन् । वीरेन्द्रले ९१ मत पाउँदा मधुसूदनले ७६ मत ल्याएका छन् ।