वायु सेवा निगमका महाप्रबन्धकलाई स्पष्टीकरण सोधियो

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसँग स्पष्टीकरण मागेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका मन्त्री आलेले पौडेलसँग स्पष्टीकरण सोधेका हुन् । निगमको जहाजबाट आइतबार बिहान काठमाडौं भोजपुर उडानको क्रममा ७ जना यात्रु छुटेको विषयमा लिखित जवाफ माग गरिएको हो ।

यात्रुलाई छोडेर तोकिएको समयभन्दा पहिले नै निगमको जहाज उडेको थियो ।