Featured News

इलाममा सुरु भयो डा. केसीको १६ औं अनसन (विज्ञप्ति सहित)

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा. गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ । सहमति तोडिएसँगै डाक्टर केसीले इलाममा आमरण अनसन सुरु गरेका छन ।केसीको १६ औं अनसन इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा सुरु भयको छ । केसीको विज्ञप्ति आदरणीय पत्रकार मित्रहरु देशमा हाल व्याप्त कुशासनको अवस्था यहाँहरुलाई ज्ञात नै छ । देशका… पुरा पढौ

छाउगोठमा आगोमा जलेर आमासहित दुई बालकको मृत्यु

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ ।  चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ ।  मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी… पुरा पढौ

डाक्टर र पत्रकारलाई हातपात गर्ने डन बद्री

सहकर्मी डाक्टरलाई केही दिनअघि हातपात गरेका डा. बद्रि पौडेलले सोमबार साँझ पत्रकारलाई पनि दुव्र्यवहार र हातपात गरेका छन् । पृथ्वीचोकको चरक मेमोरियल अस्पतालमा कार्यरत डा. पौडेलले फेवा टेलिभिजनका स्टेसन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनारमाथि दुव्र्यवहार र हातपात गरेका हुन् । केही दिनअघि डा. बद्रि लगायतले डा. ऋषिराम ढकाललाई अस्पतालमै हातपात गरेका थिए । सोही विषयमा रोपोर्टिङ गर्न पुगेका अधिकारी र सुनारमाथि डा. पौडेलले अभद्र व्यवहार गरेका हुन्… पुरा पढौ

शेरबहादुर देउवा छायाँ सरकारको प्रधानमन्त्री

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्ने भएको छ । छायाँ सरकारको नेतृत्व पार्टी सभापति तथा संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले गर्नेछन् । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले छायाँ सरकार बनाउने बिषयमा छलफल गरेको नेता मिनेन्द्र रिजालले बताए । छायाँ सरकारको नेतृत्व भने देउवाले नै गर्ने उनको भनाई छ । बैठकमा सभापति एवं ससदीय दलका नेता देउवाले पछिल्लो समय सरकारको क्रियाकलाप प्रभावकारी नभएको र… पुरा पढौ

पर्यटनमन्त्रीलाई कालोमोसो दल्ने नेकपा क्रान्तिकारीको चेतावनी

वाइडबडी जहाज खरिदमा अनियमितता संलग्न रहेको भन्दै युवाहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई कालोमोसो दल्ने चेतावनी दिएका छन्। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट उनीहरुले सार्वजनिक स्थानमै मन्त्रीलाई कालोमोसो दल्ने गरी तयारी भइरहेकोसमेत जानकारी दिएका छन्। यसअघि उनीहरुले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै गएर कालोमोसो दलेका थिए। अब मन्त्रीको पालो आउने उनीहरुको भनाई थियो। वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गर्ने लाई कारवाहीको माग गर्दै… पुरा पढौ

सपथ गराउन नसके लिखित दिनोस्, अख्तियार जान्छु

गुण्डा नाइके भनी चित्रण गरिएका राजीव गुरुङ उर्फ दीपक मनांगे सोमबार दिउँसो गण्डकी प्रदेशसभा पुगे । हाइलक्स गाडीमा सहयोगीसहित आएका उनले सभामुखसँग कुरा गरे, मुख्यमन्त्रीलाई भेटे । राजीवले पत्रकारसँग पनि तार्किक तवरले कुरा गरे । मनाङ खबाट प्रदेशसभामा निर्वाचित राजीव सर्वाेच्च अदालतको आदेशले पुस ६ गते छुटेका थिए । नयाँ संविधानमा १० वर्षभन्दा कम जेल सजाय भएका मुद्दामा जेलबाहिरै बसेर मुद्दा लड्न पाउने व्यवस्था छ । एमालेको समर्थनमा चुनाव जितेका… पुरा पढौ

वडा सदस्यको घरमा महानगरको डोजर

जनप्रतिनिधिले कानुन कार्यान्वयन गराउने र सुशासन कायम गर्ने अपेक्षा गरिन्छ । तर कानुन कार्यान्वयन गराउने र नीति बनाउने जनप्रतिनिधिले नै नियम मिचेका समाचारहरु आइरहन्छन् । पोखरामा वडा सदस्यले मापदण्ड मिचेर बनाउँदै गरेको पिल्लरसहित घर सोमबार महानगरले भत्काएको छ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण वर्षका रुपमा मनाइरहेको छ । पोखरा ४ का वडा सदस्य विष्णुमाया परियारले बनाउँदै गरेको घर महानगरले भत्काएको हो । धेरै पटक सूचना दिँदै… पुरा पढौ

वधशाला बनाउँदै पोखरा महानगर

जताजतै पशु वध गर्ने र अस्वस्थ मासु खानुपर्ने वाध्यता विस्तारै हट्दैछ । पोखरा महानगरले आधुनिक बधाशाला बनाउने तयारी थालेको छ । उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन महानगरले निर्माण गर्न लागेको बधशाला पब्लिक, प्राइभेट, कन्जुमर पार्टनरसीप अवधारणाबाट सञ्चालन हुनेछ । बधशालाका लागि स्थान छनोट तथा प्रस्ताव तयार गर्न ५ सदस्यीय उपसमिति पनि गठन भएको छ । उपसमितिमा छ्याम पौडेल, ई भुवनेश्वर तिमिल्सिना, पशुसेवा विभागका शिव वाग्ले, पोखरा उद्योग वाणिज्य संघीकी विन्दु… पुरा पढौ

संसदीय समिति पूर्वाग्रही : रवीन्द्र

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले वाइड बडी खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । तर संसदीय उपसमितिले अनुमान र पूर्वाग्रहका आधारमा अनियमितताको आरोप लगाएको उनको भनाई छ । मन्त्री अधिकारीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले सार्वजनिक लेखा समितिको उपसमितिले तथ्यमा आधारित नभई अनुमानका भरमा पूर्वाग्रह राखेर आफूलाई अनियमिततामा मुछेको दाबी गरे । ‘वाइडबडी खरिदमा मेरो कुनै भुमिका छैन, म आउनु पहिले नै विमान किन्ने… पुरा पढौ

तुहियो प्रदेशसभा छिर्ने मनाङ्गेकाे सपना

 रेशम चौधरीले जेल बसेकै अवस्थामा सांसदको सपथ लिन पाएको घटनापछि अब ‘डन’ छविका दीपक मनाङ्गे (राजीव गुरुङ्ग) ले पनि सांसदको सपथ लिने अनुमान चलिरहेका बेला गण्डकी सरकारले अनुमान विपरीतको निर्णय गरेको छ । दीपक मनाङ्गे (राजीव गुरुङ्ग) ले सांसदको सपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानूनअनुसार गुरुङ्गलाई सपथ गराउन नमिल्ने निष्कर्ष निकालेपछि मनाङ्गेको सांसद बनेर प्रदेशसभा छिर्ने सपनामा तुषारापात भएको छ । सोमबारदेखि शुरु हुने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं