Featured News

सरकारी डाक्टर आन्दोलित, सेवै छाड्ने चेतावनी

समायोजनका लागि कर्मचारीहरुले धमाधम अनलाइन फारम भरिरहेको सरकारले दावी गरिरहेका बेला आइतबार सरकारी डाक्टरहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीच ९ बुंदे सहमति भएपछि कर्मचारी समायोजनको किचलो सकिएको अनुमान चलिरहेका बेला आज सरकारी डाक्टरहरुले कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै मन्त्रालय घेराउ गरेका हुन् । सरकारी डाक्टरहरुले कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचनाको विरोधमा जनसंख्या मन्त्रालयमा घेराउ गरेका हुन् ।… पुरा पढौ

पहिले घाट,अहिले खेल मैदान

सेती नदी अविरल बगिरहेको छ । नदी किनारमा शब जलाईन्छ । बस्ती छेवैमा छ । ढुंगैढुंगा रहेको अनाकण्टर ठाँउको रुपरंगै फेरिएको छ । ढुंगा बालुवा ओसार्ने घाट हो । स्थानीयबासिन्दाले ठाँउको रुपै फेरिने विश्वासै गरेका थिएनन् । विश्वास गरोस पनि कसरी ? सम्भव नै नदेखिएको ठाँउ अहिले कायापलट भएको छ । उखानै छ–तँ आँट म पुर्याउँछु । सायद यस्तै भयो । धेरैको परिकल्पना बाहिर थियो । तर दृढ संकल्प लिएपछि… पुरा पढौ

गण्डकीको योजना बनाउन म्याग्दीमा छलफल

गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ ।  बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो ।  छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिएको छ ।  सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन… पुरा पढौ

वर्षमा ९ दिनमात्र बिदा हुने नमुना स्कुल

बलेवा अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्रोको मितिले बागलुङको एक विद्यालयका शिक्षक विद्यार्थीलाई भने चिनेको छैन । सरकारले दिएको सार्वजनिक बिदा मात्रै होइन, विद्यालयले लिन पाउने स्थानीय बिदासमेत शिक्षक विद्यार्थीले लिन पाउँदैनन्… पुरा पढौ

कांग्रेसले माग्यो रवीन्द्रको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन् । शुक्रबार राष्ट्रियसभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमितता सम्बन्धि छानविन कार्यलाई सहज बनाउन पनि… पुरा पढौ

चर्चित पत्रकार रवि लामिछानेको डिभोर्स

मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन : रबि चर्चित सञ्चारकर्मी रबि लामिछानेको बैवाहिक जीवन टुङगिएको छ । उनले केही दिन अघि मात्र पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध डिभोर्समा टुङगाएका हुन् । रबिसंग डिभोर्सपछि ईशा एक हप्ता अगाडी नै अमेरिका फर्किसकेकीछिन् । सबैको घर मिलाएका , सबैको परिवार जोडेका रबिले आखिर किन ईशासंग डिभोर्स लिए त सबैको चासो हुनु स्वभाविक हो । उनले सामाजिक सञ्जालमाफर्त यसबारेमा लेख्दै… पुरा पढौ

रेशमपछि मनांगेको सपथ होला कि नहोला ?

प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित रेशम चौधरीले बिहीबार सपथ लिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै गण्डकी प्रदेश सांसद दीपक मनाङ्गेको सपथबारे चर्चा सुरु भएको छ । केही दिन पहिले गण्डकी प्रदेशसभामा पुगेर उनले सपथ गर्न पाउँ भनी निवेदसमेत दर्ता गरिसकेका छन् । गण्डकी प्रदेशसभा सचिवालयले मनाङ्गेको निवेदन १८६ नम्बरमा दर्ता गरेको छ । मनाङ्गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट… पुरा पढौ

चरक मेमोरियलका सञ्चालकले नै डाक्टर कुटे

पोखराको पृथ्वीचोकमा रहेको चरक मेमोरियल हस्पिटल प्रालिमा कार्यरत डा. ऋषिराम ढकाल कुटिएका छन् । अस्पतालका सेयर सदस्यहरु रामचन्द्र रेग्मीले बुधबार ढकाललाई कुटेका हुन् । ढकालको अवस्था भने सामान्य छ । ढकाल जनरल सर्जन हुन् । वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले डा. ऋषिरामलाई कुटेको अभियोगमा बुधबार रामचन्द्र रेग्मी, कपिल पोखरेल र डा. बद्रि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । रामचन्द्रले कुटेको पीडितले बताएपछि कपिल र डा. बद्रिलाई भने… पुरा पढौ

ससुरालीमै आएर श्रीमतीमाथि एसिड प्रहार

एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै गएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथी सहित भरतपुरसम्म आएर… पुरा पढौ

मेडिकल कलेजहरुलाई १० वर्षभित्र ‘गैरनाफामूलक’ बनाइने

 राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरू सहमत भएका छन् । निजीकरण र बेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्नेमा सांसदहरूको एकमत छ । उपसमितिको बुधबारको बैठकमा उनीहरूले मेडिकल शिक्षा नाफामुक्त बनाउन सरकार तयार हुनुपर्ने धारणा राखेका छन् । विधेयक उपसमितिमा अन्तिम छलफलको क्रममा रहेको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं