Featured News

कर्मचारीले राज्न थाले चाहेको सरकार

काठमाडौँ कर्मचारीले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा जान समायोजन फारम भर्न थालेका छन् । बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा रहेका कर्मचारीलाई तीन तहमा जानका लागि आवेदन आह्वान गरे पनि आजदेखि उनीहरुले समायोजनका लागि अनलाइन फारम भर्न थालेका छन् । मन्त्रालयले पुस मसान्तसम्म तीनै तहमा समायोजन सक्ने गरी सरकारी सेवाका कर्मचारीका लागि समायोजन थालेको छ । मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले शुक्रबारदेखि कर्मचारीले अनलाइनमार्फत… पुरा पढौ

स्थानीयलाई धम्क्याएर हाइटेन्सन छेउमा महल

पोखरा महानगरभित्र बनेका हजारौं घर मापदण्ड विपरीत छन् । जनप्रतिनिधि आएपछि पनि यो क्रम रोकिएको छैन । पोखरा १७ सीतापाइलाको समृद्धि टोलमा स्थानीयलाई धम्क्याएर १ व्यक्तिले मापदण्ड विपरीत भवन बनाइरहेका छन् । सीता तामाङको नाममा रहेको एकतले घर पहिला नै नक्सापास भइसकेको थियो । नक्सापास भइसकेपछि बाटोको छेवैबाट पहिलाको घरअघि भवन बनाउन थलिएको थियो । समृद्धि टोल विकास संस्थाले वडा कार्यालयमा उजुरी गरेपछि वडाले मापदण्ड विपरीत भएकाले रोक्न निर्देशन दियो… पुरा पढौ

देशबाहिर चम्किँदै सन्दीप लामिछाने

दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विकेट लिइसकेका छन् । क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को… पुरा पढौ

दीपक मनांगेको विषयमा के भन्छ संविधान ?

राजीव गुरुङ (दीपक मनाङे)ले शपथ ग्रहण गर्न पाऊँ भनी गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । सर्वोच्चको आदेशबाट थुनामुक्त उनी गण्डकी प्रदेशसभामा स्वतन्त्र हैसियतमा मनाङ (ख) बाट निर्वाचित भएका थिए । उनको मुद्दाको अन्तिम फैसला भएको छैन । नेपालको संविधान २०७२ को धारा १ सय ८१ मा प्रदेशसभा सदस्यको योग्यताबारे प्रश्न उठेमा त्यसको निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्ने व्यवस्था गरेको छ । प्रदेशसभा नियमावलीले बिना जानकारी लगातार १० बैठकमा उपस्थित… पुरा पढौ

मेलम्ची कुनै हालतमा रोकिन्न

सर्वप्रथम खानेपानी मन्त्रालयलाई नेपालको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अवस्थाका बारेमा जानकारी दिन आमन्त्रण गर्नुभएकोमा समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै समितिको यस बैठकमा मेलम्ची खानेपानी आयोजनाको प्रगति र मन्त्रालयले गरेको पहलका सम्बन्धमा निम्नानुसार संक्षिप्त जानकारी गराउन चाहन्छु । १. आयोजनाको पृष्ठभूमि मेलम्ची खानेपानी आयोजना बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । २ दशकअघि परिकल्पना गरिएको मेलम्ची आयोजनाको वि.सं. २०६५ सालमा सिआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो… पुरा पढौ

आदेशले नै बनाइदियो आतसबाजी गर्ने चोर बाटो

हरेक वर्ष अंग्रेजी नयाँवर्षको अवसरमा फेवाताल किनारमा हुने पोखरा सडक महोत्सवमा पटाका नपट्काउन उच्च अदालत पोखराले आदेश दिएको छ । राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समितिको तर्फबाट रामबहादुर पौडेलले पुस १७ गते राति लेकसाइड क्षेत्रमा पटकाजन्य पदार्थ नपडकाउन माग गर्दै दर्ता गरेका थिए । रिटमाथि सुनुवाई गर्दै अदालतले बुधबार विपक्षीका नाममा यो आदेश जारी गरेको हो । न्यायाधीश रामचन्द्र यादव र नरबहादुर शाहीको इजलाशले गरेको आदेशमा भनिएको छ, ‘न्यु इयर इभको… पुरा पढौ

मन्त्री आकाशबाट खसेका होइनन् :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्रीले सांसदहरुबाट मन्त्रीका बारे गुनासो आएको भन्दै यस्तो निर्देशन दिएका हुन् । सांसद र मन्त्रीहरु सँगै राखेर प्रधानमन्त्रीले भने– ‘सांसदहरु मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकटोक भित्र जाने… पुरा पढौ

सरकारविरुद्ध कडा संघर्ष गर्ने साविक माओवादी घटकहरुको चेतावनी

साविक माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल र यसमा आवद्ध घटकहरुले सरकारविरुद्ध कडा वैचारिक संघर्ष गर्ने उद्घोष गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा महेन्द्रकालीन पञ्चायती सांस्कृतिक चिन्तन हाबी भएको भन्दै मंगलबार उनीहरुले विज्ञप्ति निकालेका छन् । केही दिन पहिले सरकारले गंगाप्रसाद उप्रेतीलाई कुलपति र उपकुलपतिमा प्राडा जगमान गुरुङलाई नियुक्ति गरेको थियो । साविक माओवादी केन्द्रको जनसांस्कृतिक महासंघ नेपालले सिफारिस गरेका १ जना पनि नियुक्तिमा परेनन् । विज्ञप्तिमा भनिएको… पुरा पढौ

२०१८ प्रेसका लागि कालो वर्ष

साउदी राजपरिवारको आलोचना गरेका कारण असुरक्षित महसुस गरी संयुक्तराज्य अमेरिका निर्वासित साउदी पत्रकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलमा साउदी राज घरानाकोे उच्च तहको आदेशमै अक्टोबर २ मा विभत्स हत्या भयो । अमेरिकी अखबार दी वासिङटन पोस्टका स्तम्भकारसमेत रहेका खशोग्जीको शव तीन महिना बितिसक्दा समेत पत्ता लाग्न सकेको छैन । खशोग्जीको निर्मम हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन साउदी अरबले अटेर गरिरहेकै छ । हत्याको विरोधमा सबैजसो प्रजातान्त्रिक मुलुकले विरोध गरेपनि अमेरिकी… पुरा पढौ

राष्ट्रपति राजाजस्ता भए : संग्रौला

लेखक खगेन्द्र संग्रौलाले अहिलेको राज्य व्यवस्था पनि परम्पराका सबै लक्षण बोकेर हिडेकाले जनअपेक्षा पूरा नभएको बताएका छन् । उनले वर्तमान राष्ट्रपति पनि राजाजस्तै भएको टिप्पणी गरे । जनआन्दोलनपछि प्रविधिक गणतन्त्र आएको विचार राख्दै उनले अहिलेको राष्ट्रवाद नश्लवादी, गणतन्त्र र समाजवादविरोधी, असमावेशी, विभेदपूर्ण रहेको जिकिर गरे । कम्युनिस्ट पार्टीकी सदस्य राष्ट्रपति भएर पनि लालस देखाएको भन्दै उनले व्यंग्य गरे । उनले भने, ‘राष्ट्रपति पनि राजा जस्तै भइन् । नेपाल गरिबहरुको देश… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं