आदेशले नै बनाइदियो आतसबाजी गर्ने चोर बाटो

- फेवाताल किनारमा पटाका नपड्काउन आदेश

हरेक वर्ष अंग्रेजी नयाँवर्षको अवसरमा फेवाताल किनारमा हुने पोखरा सडक महोत्सवमा पटाका नपट्काउन उच्च अदालत पोखराले आदेश दिएको छ ।


राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समितिको तर्फबाट रामबहादुर पौडेलले पुस १७ गते राति लेकसाइड क्षेत्रमा पटकाजन्य पदार्थ नपडकाउन माग गर्दै दर्ता गरेका थिए । रिटमाथि सुनुवाई गर्दै अदालतले बुधबार विपक्षीका नाममा यो आदेश जारी गरेको हो ।


न्यायाधीश रामचन्द्र यादव र नरबहादुर शाहीको इजलाशले गरेको आदेशमा भनिएको छ, ‘न्यु इयर इभको सन्दर्भमा पुस १३ देखि १७ गतेसम्म महोत्सव हुने स्थानमा कुनै किसिमका पटका वा आतिसबाजी नपट्काउनु पट्काउन नलगाउनू भनी विपक्षीहरुका नाममा आदेश जारी गरिएको छ ।’

महोत्सव स्थलमा पटका आतिवबाजी गर्न रोक लगाए पनि वरिपरिका अग्ला स्थानमा आतिसबाजी हुने र त्यसको आवाज र उज्यालो लेकसाइडमा पुग्न सक्ने कतिपय बताउँछन् ।


आदेशले चोरबाटोबाट पटका पड्काउने वा आतिसबाजी गर्ने मार्ग भने खुला छाडेको छ । महोत्सव स्थलमा पटका आतिवबाजी गर्न रोक लगाए पनि वरिपरिका अग्ला स्थानमा आतिसबाजी हुने र त्यसको आवाज र उज्यालो लेकसाइडमा पुग्न सक्ने कतिपय बताउँछन् ।


वरिष्ठ अधिवक्ताद्वय तीलक पराजुली र विश्व घिमिरे, अधिवक्ता सुरेन्द्र थापामगरले निवेदकको तर्फबाट वहस गरेका थिए । अंग्रेजी नयाँ वर्षमा पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा महोत्सव हुँदै छ । पारिस्थितिक प्रणाली बिगार्ने, ध्वनि प्रदूषण गर्न र स्थानीयलाई पनि आतंकित पार्ने भएकाले आफूले रिट दायर गरेको पौडेलले बताए ।


अदालतको आदेशपछि पर्यटन व्यवसायीले भने रोष प्रकट गरेका छन् ।