Featured News

जिएसीका अध्यक्ष भन्छन् : आन्दोलनले लछारपाटो लाउदैन

नेपाल मेडिकल काउन्सिलले तोकेको शुल्कभन्दा बढी शुल्क असुलेको प्रमाणसहित सार्वजनिक भए पनि गण्डकी मेडिकल कलेज –जिएमसी) प्रशासन झुक्ने पक्षमा देखिँदैन । वर्षाैदेखि विद्यार्थीसँग बढी शुल्क असुलेर अवैधानिक धन्दा गर्दै आएको जिएमसी विद्यार्थीलाई धम्क्याएरै आन्दोलन रोक्ने प्रयत्नमा छ । मंगलबारबाट जिएमसी अस्पतालको ओपिडीमा समेत विद्यार्थीले ताला लाइदिएका छन् । कलेज अध्यक्ष खुमा अर्यालले विद्यार्र्थीको आन्दोलनले केही लछारपाटो नलगाउने बताए । ‘नियमन गर्ने सरकारको निकाय छ । विद्यार्थीले आन्दोलन गरेर केही हुन्न… पुरा पढौ

हिउँ पन्छाएर खोलियो उपल्लो मुस्ताङ जाने बाटो

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने चराङ खोलादेखि चराङ गाउँसम्म थुप्रिएको करिब ३ किलोमिटर सडकको हिउँ गाउँलेले सफा गरी ट्र्याक खोलेका छन् । गाउँपालिकाका वडाअध्यक्ष टसी ढुन्डुक गुरुङको अगुवाइमा करिब ४० जना गाउँलेको समूहले १३ दिनदेखि थुप्रिएको २ फिट बढी हिउँ बुधबार पन्छ्याएका हुन् । हिउँ पन्छ्याएपछि उपल्लो मुस्ताङ जाने ठूला मालवाहक ट्रकलाई दोहोरो आवत–जावतमा सहज भएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । उक्त बाटो कालिगण्डकी तिरैतिर… पुरा पढौ

३३ किलो सुनका यी हुन असली मालिक

खड्कालाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा खड्का दुई साताअघि पक्राउ परेका हुन् । गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका अनुसार उनी विगत पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका मुख्य लगानीकर्ता हुन् । उनी दुबईमा बसेर सुन नेपाल पठाउने काम गर्दै आएका थिए । १८ फागुन ०७४ मा तस्करीको सुन… पुरा पढौ

नेविसंघ आन्दोलन : सरकारी गाडी बन्ददेखि शैक्षिक हड्तालसम्म

कार्यकर्ता रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार कास्की जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ । माघ २३ गतेदेखि २५ गतेसम्म विभिन्न चरणको आन्दोलको कार्यक्रमहरु घोषणा गरेको हो । सरकारविरुद्ध आन्दोलनमा उत्रेका नेविसंघका ४ नेता मंगलबार पोखरामा पक्राउ परेर छुटेपछि उनीहरुले थप आन्दोलन घोषणा गरेका हुन् । नेविसंघका केन्द्रीय सदस्य भानु ढकालसहित नेता विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई चिप्लेढुंगाबाट पक्राउ… पुरा पढौ

अमेरिकाले ओलीलाई अपदस्थ गर्न कदम अपनायो भने त्यो आश्चर्य हुने छैन

भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिए : “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भत्र्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् ।  उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिदै आएका थिए र आफ्नो देशमा समाजवादी प्रकारका नीतिहरू लागु गर्दै आएका थिए । त्यस प्रकारका नीतिहरूका कारणले नै अमेरिकाले भेनेजुएला र… पुरा पढौ

सरकारी गाडी जलाउनेको पक्षमा कास्की कांग्रेसको आन्दोलन

सरकार अधिनायकवादी र अलोकतान्त्रिक भएको आरोप लगाई प्रमुख प्रतिपक्षी कांग्रेस आन्दोलनमा छ । बलात्कारी र माफियालाई सरकारले नै संरक्षण गरेको कांग्रेसको आरोप छ । यसरी आन्दोलनमा उत्रिएको कांग्रेसको कास्की जिल्ला समितिले भने सोमबार लज्जास्पद निर्णय गरेको छ । बैठकले पोखरामा शनिबार सरकारी गाडी जलाएको अभियोगमा पक्राउ गरिएका नेविसंघका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ । सत्य छानबिन गरी दोषीलाई कारवाहीलाई लागि सघाउनुपर्नेमा कांग्रेस कास्कीले कार्यकर्ता संरक्षणमात्र… पुरा पढौ

२ पूर्वमन्त्री विरुद्ध ३१ करोड भ्रष्टाचारको मुद्दा

भृकुटीमण्डपको ६० रोपनी जग्गा पूर्वमन्त्री टेकबहादुर गुरुङको फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया उल्लंघन गरेको आरोपमा अख्तियारले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । बद्रीप्रसाद न्यौपाने, टेकबहादुर गुरुङ र रविन्द्रकुमार पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहित समाजकल्याण परिषदका तत्कालीन पदाधिकारी उपाध्यक्ष प्रमोद मेहता, सदस्य सचिव रविन्द्रकुमार, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्यत्रय हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमार लाल कर्णविरुद्ध मुद्दा दायर गरेको छ ।… पुरा पढौ

गगनलाई नेविसंघकै कालो झन्डा

कांग्रेस नेता गगन थापालाई पोखरामा नेविसंघकै विद्यार्थीले कालो झन्डा देखाएका छन् । सोमबार पोखरामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएसँगै विकास थापा समूहले कालो झन्डा देखाएको हो । पोखरामा नेविसंघका विद्यार्थीले सरकारी गाडी जलाएपछि गगनले त्यसलाई निन्दनीय भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । थापाको सोही अभिव्यक्तिको विरोध गर्दै उनलाई आफ्नै कार्यकर्ताले कालोझन्डा देखाएका हुन् । यसअघि नै गगनको धारणको विरोध गर्दै विकासले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हामीलाई आन्दोलनको आगोले,… पुरा पढौ

नर्सरीमा भर्ना गर्दा ५ लाखसम्म लिने व्यापार होइन ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ जिल्ला अधिवेशनमा मन्त्री बाँस्कोटाले भने, “अङ्गे्रजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न मिल्दैन, सरल र सर्वसाधारणलाई समेट्ने गरी सेवामूलक ढङ्गले लाग्नुपर्छ, शैक्षिक व्यापार बन्द गर्न जरुरी छ ।” मन्त्री बाँस्कोटाले नेपालका शैक्षिक संस्थाले अहिलेसम्म पनि युवा वर्गलाई खाडी मुलुक पठाउने शिक्षा दिएको गुनासो गर्दै… पुरा पढौ

जसले कलेजो दिएर बचाए ९ महिने नानीलाई

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नौ महीने बालिका सियाना रन्तीजाको जीवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गरेका छन् । म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गरेका हुन् । शुक्रबार भारतको सर गङ्गाराम अस्पतालमा रन्तीजालाई केसीले दान गरेको कलेजो प्रत्यारोपण गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । आफ्नै आमा रेश्मा र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं