Featured News

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैन

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुनै सहमति नभएको दोहोर्‍याएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने पोखरेलले बताएका छन् । नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले नेपाली रेडियो नेटवर्क र जनता जान्न चाहन्छन् टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार कुरा गर्दै ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री… पुरा पढौ

क्रान्तिकारी कवि

सुरु भएको छ साहित्यिक कार्यक्रम आशनग्रहण गरेका छन् क्रान्तिकारी कविले बस एकछिन पर्खनोस् भूरा कविको पालो नसकिएसम्म पर्खनोस् क्रान्तिकारी कविता र भाषण सित्तैमा सुन्न कहाँ पाईन्छ ? अनुहारले नै चिनिन्छ क्रान्तिकारी कवि माक्र्सवाद र क्रान्ति मिसिएको आभा माक्र्सकै जस्ता दारी क्रान्ति नायकको जस्तो भाषण शैली अचेल क्रार्यक्रममा पनि उनले क्रन्ति गरेका छन् उनी अक्सर आउँदैनन् अक्षरयात्रामा बेपत्ता छन् साहित्य संगम र प्रलेसबाट क्रान्तिकारी कवि बन्न केही त गर्नैप¥यो । वर्तमान… पुरा पढौ

अम्बिका भण्डारीका रोज्जा ५ मुक्तक

गाउँ बेचे, चेली बेचे घर छाडेर गए सहरका अग्ला घर धेरै उनका भए कहिल्यै धूलो, माटो नछुने छन् भूमिपति बाटोमै जीवन दिनहरु सर्वहारा भए न्याय, निसाफ सबैलाई समान हुनुपथ्र्याे निसाफमा समाजको कमान हुन पथ्र्याे अत्याचारीकै फलिफाप, परिश्रमी खाली हात छैन पक्कै, भए त गरिबका भगवान हुनुपथ्र्याे कोही कसैलाई काँधमाथि टेकाएर रमाउँदै छन् कोही नीलगिरि र फेवाताल देखाएर रमाउँदै छन् यो चोला चलाउने पनि आफ्नै आफ्नै काइदा छन् कोही आगोमा पसिना… पुरा पढौ

काठमाडौंमै ग्याँस निकाल्ने प्रक्रिया सुरु

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीनकुनेबाट ग्यास उत्खननका लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाण्डुबाट जग्गा प्राप्तिको कामलाई अघि बढाइएको जानकारी दिए । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाण्डु उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाइकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तीनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागेको बताए । मन्त्री यादवले नवलपरासीको धौवादी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै… पुरा पढौ

अख्तियार आयुक्तले नै लिए ७८ लाख घूस

अनियमितता छानबिन गर्ने अधिकार सम्पन्न सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै सदस्य राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको खुलेको छ ।भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा पाठकले ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेको अख्तियारकै आयुक्तहरु, सरकारका सचिव, सत्तारुढ दलका सांसदहरुले बताएका छन् । पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएका हुन्। २०७४ भदौमा… पुरा पढौ

जनयुद्ध दिवस मान्य छैन : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्ध दिवस मनाउने बारेमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् । जनकपुरमा भएको कार्यक्रममा आफ्ना धारणा राख्दै उनले जनयुद्ध दिवस मान्य नभएको बताएका हुन् । समारोह गर्ने भए पार्टी प्रणाली सिक्न पनि उनले सुझाव दिए । “निजी निर्णयप्रति मेरो गम्भीर आपत्ति छ । पहिलो कुरो कुनै पनि यस्तो पार्टीले कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो विषयमा मलाई थाहा… पुरा पढौ

केही दिनमै पार्टी एकता सकिन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । बुधबार पार्टी मुख्यालय धुमबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए । उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा… पुरा पढौ

गुट र राजनीतिले थला पर्दै पोउवासंघ

मंगलबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ४ जना साधारण सदस्यलाई कार्यसमितिमा मनोनित गरेका छन् । अधिकारीले ऐनकुमार साई, रामबहादुर केसी, देवेन्द्र केसी र शिवराज आचार्यलाई मनोनित गरेका हुन् । अधिकारीको यो मनोनयनमा संघका १६ सदस्यले लिखित असहमति राखेका छन् । यसअघि उद्योग वाणिज्य संघ गण्डकीलाई पोखरा उद्योग वाणिज्य संघमा कार्यालयका लागि दिएको स्थानबाट हटाउन पत्रचार गर्न अध्यक्षको असहमतिका बाबजुद निर्णय भएको थियो । वर्तमान कार्यसमितिमा अध्यक्षबाहेक सबैजसो पदाधिकारी… पुरा पढौ

घाइते श्रीमती हत्या आरोपमा पक्राउ

सुखदुखमा जीवनभर साथ दिने बाचा गरेका श्रीमान नै श्रीमती हत्या आरोपमा पक्रा परेका छन् । बिरामी श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाका श्रीमानसहित अर्का १ जनालाई पक्राउ गरेको छ । पोखरा १४ चाउथेकी ४३ वर्षीया सुशीला कार्कीको उपचारको क्रममा गएको माघ २४ गते ज्यान गएको थियो । अस्पतालले मृत घोषणा गरेपछि उनका आफन्तले दिएको उजुरीको आधारमा ४६ वर्षीय रामबहादुर र घटनामा संलग्न भएको आरोपमा देवी रानभाटलाई प्रहरीले… पुरा पढौ

२०७६ मा विहे गर्ने विचार छ, कुन महिनामा कति दिन छ लगन ?

वि.स २०७६ सालमा बिवाहको लगन धेरै जुर्न पुगेको छ । नेपाल पञ्चांग निर्णायक समिति यस बारेमा जानकारी दिँदै आगामी बर्षमा धेरै बिवाहको लगन जुरेको बताएको हो । समितिका अनुसार विवाह हुने महिनाहरु वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनाभर नै बिहेको लगन धेरै छ । वैशाखमा ११ दिन, जेठमा १७ दिन, असारमा १० दिन, मंसिरमा ८ दिन, माघमा ९ दिन र फागुनमा ११ दिन विवाहको लगन परेको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं