अख्तियार आयुक्तले नै लिए ७८ लाख घूस

अनियमितता छानबिन गर्ने अधिकार सम्पन्न सरकारी निकाय अख्तियार दुरुपयोग
अनुसन्धान आयोगकै सदस्य राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको खुलेको छ ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा पाठकले ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेको अख्तियारकै आयुक्तहरु, सरकारका सचिव, सत्तारुढ दलका सांसदहरुले बताएका छन् ।

पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएका हुन्। २०७४ भदौमा समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले सो रकम लिएको भिडियोबाट खुलासा हुन्छ।

अब उनले राजीनामा नदिए संसदमा महाअभियोग लाग्न सक्छ । भिडियो हेर्ने एक नेताका अनुसार आयुक्त पाठकले अख्तियारका प्रमुख आयुक्त विस्तारै आफै बन्ने र पैसा फिर्ता दिने भिडियोमा बताएका छन्। यसको जानकारी प्रधानमन्त्रीलाई पनि भइसकेको स्रोतले जनाएको छ । यसअघिका अख्तियार प्रमुखलाई महाअभियोग लगाई हटाइएको थियो । यो समाचार नेपाल खबर डटकमले प्रकाशन गरेको छ ।