Featured News

युएस–बंगला एयरलाइन्स : ककपिटभित्रै चुरोट सेवन, असावधानीपूर्ण ल्याण्डिङ

गत वर्ष फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जुन दुर्घटनाले ५१ जना यात्रुको ज्यान गएको थियो । युएस–बंगला विमान दुर्घटना भएपछि विश्वभर नेपालको हवाई सुरक्षालाई लिएर धेरै खाले टिकाटिप्पणीहरु भएका थिए । यसबीचमा विमान दुर्घटनाको अनुसन्धान गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उडानको क्रममा पाइलट मानसिक तनावमा भएको ,एअर ट्राफिक कन्ट्रोलरसँगको कुराकानीमा अन्योल हुनु नै दुर्घटनाको मुख्य कारण उल्लेख छ… पुरा पढौ

सरकार विरुद्ध देशव्यापी आन्दोलनमा कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो । संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि आक्रमक भएको कांग्रेसले माघ २१ गते ७७ वटै जिल्लामा विरोध सभा गर्ने निर्णय गरेको हो । पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । चिकित्सा शिक्षा विधेयक संसदबाट जबरजस्ती पास गरेको विरोधमा… पुरा पढौ

चर्चमा विस्फोट, २७ को ज्यान गयो

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ २ ओटा विस्फोटन भएको जानकारी दिए । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक छन् । उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको पनि जानकारी दिए । दुबै विस्फोटन स्थानीय समयअनुसार… पुरा पढौ

भीम र शान्तिले ७ दिनमै सके मृत्यु संस्कार

नेपाली समाजमा प्रचलित संस्कारहरु असान्दर्भिक, खर्चिला र भद्दा भएकाले ती संस्कारमा परिवर्तनको खाँचो औंल्याइएको छ । न्वारन, व्रतबन्ध, विवाह र मृत्यु संस्कारबाहेक अन्य संस्कार मानिसले छाड्दै गएकाले मुख्यगरी यी ४ संस्कारलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताले मृत्यु संस्कारको अवधि लामो, कष्टकर, असान्दर्भिक, खर्चिलो र भद्दा भएकाले यसमा रुपान्तरण जरुरी भएको बताए । पोखरा १३, भद्रकालीकी बाटुलीदेवी रानाभाटको स्मृतिमा ७ औं दिनमा आयोजित श्रद्धाञ्जलीसभाका… पुरा पढौ

जिप दुर्घटनामा सिडियो सिकिस्त, सशस्त्रका एसपीको मृत्यु

जिप दुर्घटना हुँदा बाराका सिडिओ गणेश भट्टराई घाइते भएका छन् भने एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भट्टराईको अवस्था गम्भीर छ । ना १ झ १६३३ नम्बरको जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको बताइएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल छन् । उनी शसस्त्र प्रहरी बलको १२ नम्बर गण बारामा कार्यरत थिए । दुर्घटनामा भट्टराईसहित अन्य ३ जना पनि घाइते भएका छन् । दुर्घटनामा सशस्त्र… पुरा पढौ

चिकित्सा शिक्षा विधेयक पारित, केसीले मागे प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएपछि अनसनरत प्राडा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । विधेयक पारित भएलगत्तै पत्रकार सम्मेलन गरी केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको दाबीसहित उनको राजीनामा मागेका हुन् । केसीका सहयोगी जीवन क्षेत्रीले केसीको लिखित विज्ञप्ति पढेका थिए । उनले विधेयक पासबाट जनतामाथि धोका भएको निष्कर्ष निकाल्दै आमरण अनसन जारी रहने जानकारी दिए । यसअघि प्रमुख प्रतिपक्ष दलको… पुरा पढौ

पोखरा महेन्द्रपुलका २ प्याथोलोजी ल्याबमा ताला

औषधी पसल र स्वास्थ्य प्रयोगशाला क्षेत्रमा अनेक विकृति र लापरवाही भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीबाट खटिएको टोलीले अनुगमन सुरु गरेको छ । टोलीले पोखराको महेन्द्रपुलमा रहेका २ प्याथोलोजी ल्याबमा बिहीबार सिलबन्दी गरेको छ । ती ल्याबमा प्रयोग भएका विभिन्न औषधी म्याद गुज्रिएका र ल्याब सञ्चालनको स्वकृति पत्र पनि नभएको पाएपछि ती ल्याबमा ताला लगाइएको हे । पोखरा प्याथोलोजी क्लिनिकले म्याद सकिएको सामग्रीको प्रयोग गरेको भेटिए । यो ल्याबले… पुरा पढौ

संसदमा भोली मुठभेड हुन सक्छ

पछिल्लो समय नेपाली कांग्रेसले सभामुख कृष्ण प्रसाद महराको भुमिकालाई लिएर चर्काे आलोचना गर्दे आईरहेको छ । सभामुख एउटै दलको मात्र जस्तो देखिएको भन्दै कांग्रेसले महरामाथि प्रश्न चिन्ह नै उठाएको छ । यसैबीच नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सभामुखको पदमा आसिन भैसकेपछि दलमा आवद्धता रहनुहुन्न भन्ने विश्वास हुन्छ तर यतिबेला आफुहरुले त्यस्तो महसुस गर्न नसकेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले ‘सदनमा सभामुखको… पुरा पढौ

माननीयहरु जनतालाई घात नगर्नुस्

माननीय प्रतिनिधिसभा सदस्यज्यूहरू, १६ औं पटकको सत्याग्रहको १६औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईहरूलाई यो पत्र लेखिरहेको छु। यतिवेला मैले २०६९ असार २१ को पहिलो अनसन सम्झिरहेको छु। त्यसपश्चात वितेका झण्डै ७ बर्षमा चिकित्सा क्षेत्रको सुधार गर्ने र सुधारको प्रयासलाई रोक्ने विचको संघर्ष नै विगतका १५ वटा सत्याग्रह हुन । यस विचमा जतिपनि संघर्षहरू भए त्यसमा मेरो कुनै व्यक्ति, कुनै समुह, कुनै दल वा कुनै संस्थाका प्रति नत कहिल्यै रुझान रह्‍यो… पुरा पढौ

प्रचण्डलाई जेल हाल्छु भन्ने नसोचे हुन्छ : योगेश

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए। ‘किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन्। उहाँले उठाउँदै आएका मुद्दा पनि यसमा आएका छन्। अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु। पख तिमीहरुलाई भन्नुभएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं