Featured News

पियारी राजमो गण्डकी संसदीय दलको नेता

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशमा संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन् । जनमोर्चा संसदीय दलको मंगलबारको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको पार्टीका महासचिव मनोज भट्टले बताए । यसअघि संसदीय दलको नेता रहेका सांसद कृष्ण थापालाई राजमोले कारवाही गरिसकेको छ । ३ सांसद रहेको राजमोका अब २ सांसद बाँकी छन् । तत्कालिन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनको तर्फबाट ल्याइएको अविश्वासको प्रस्तावमा मतदान गर्न पार्टीले दिएको निर्देशन उल्लंघन गरेपछि थापालाई… पुरा पढौ

लुम्बिनी सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशन माग

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नाम उल्लेख छ । विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव… पुरा पढौ

विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । एक वर्षअघि कुलमानको कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित सरकारले हटाउने भएको हो । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। पुरा पढौ

पोखरामा पनि राइड सेयरिङ सेवा

राइड सेयरिंग सेवा मोटरगाडी पोखरा, वीरगञ्ज र प्रदेश १ मा सुरु हुने भएको छ । भिगोर इन्कर्पोरेसनद्वारा सञ्चालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो । जसमा अनलाइनमार्फत सवारी बुक गर्न सकिन्छ । पोखरास्थित ‘कप्स कफी बार’ सँगको सहकार्यमा सम्झौता पत्रमा हस्ताक्षर गरेको भिगोर इन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले बताए । कप्स कफी बारका सञ्चालक निकेश श्रेष्ठ पर्यटकिय गन्तव्य एवम बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो… पुरा पढौ

एमसिसी सम्झौता गोप्य रुपमा भइसक्यो: रावल

नेकपा एमालेका सांसद भीम रावलले सरकारले एमसिसी सम्झौता गरिसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष समयमा रावलले तत्कालीन मन्त्रीबाट एमसिसी कार्यान्वयन सम्झौता गरिएको जिकिर गरे । उनले त्यसको प्रतिलिपि प्रतिनिधि सभामा पेश गर्नसमेत माग गरे । यो सम्झौता सँगै अरु थुप्रै गोप्य सम्झौता भएको उनले उल्लेख गरे । उनले भने–‘मैले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट गठित पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा जुन कार्यदल बनेको थियो त्यहाँ रहँदा… पुरा पढौ

कालिगण्डकी डाइभर्सनको छिनोफानो गरौं : शेरचन

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले कालिगण्डकी तिनाउ डाइभर्सनबारे छलफल चलाउने बताएका छन् । यो विषय लुम्बिनी प्रदेशमा ल्याउन सकिने उनले जनाएका हुन् । प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै शेरचनले यसबारेमा आफू गण्डकी प्रदेशमा रहदा पनि जानकार रहेको बताए । यसलाई सुल्झाउन सकिने र सुल्झाउनुपर्ने उनको भनाइ थियो । ‘यता डाइभर्सन गर्दा तल्लो तटीय क्षेत्रमा नदिको बहाव धेरै कम हुन नदिएर डाइभर्सन गर्न सकिन्छ । यो विषयलाई सुल्झाउन सकिन्छ,… पुरा पढौ

निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ,। आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ । रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीलाई साउन… पुरा पढौ

कृष्ण थापाको पुनर्बहालीका लागि अन्तरिम आदेश भएन

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले थापालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ‘निवेदक थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८, ३२ र ३४ समेतका दलत्यागसम्बन्धी कानुनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाएको देखिएको र निवेदकले उठाउनुभएका अन्य कानुनी प्रश्नहरुको… पुरा पढौ

सांसद पद जोगाउन सर्वाेच्च पुगे एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता

सांसदमा पुनर्वहालीको माग गर्दै पूर्व माओवादीका चार जना सर्वोच्च अदालत पुगेका छन्। पार्टी छोडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गर्दा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर पदमुक्त भएका थिए। आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा गरिएको कारवाही कानुन र माओवादीको विधान विपरीत भएको उनीहरुको दाबी… पुरा पढौ

विश्व पौडेल राष्ट्रिय योजना आयोग उपाध्यक्ष

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं