सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय भएको छ ।




