शिक्षा

प्याब्सन कास्कीमा नयाँ समिति

प्याब्सन कास्कीको १८ औँ जिल्ला अधिवेशनले प्रेमप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल, उपाध्यक्षमा राम गुरुङ र उमा लामिछाने, सचिवमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी, सहकोषाध्यक्षमा नवीन बराल, सहसचिवमा पुष्पराज पराजुली, र देवप्रसाद बास्ताकोटी निर्वाचित भए । सदस्यमा सन्दीप अधिकारी, नारायण शर्मा चापागाई, मोहन पौडेल, नीलकण्ठ आचार्य, डा. टेकनारायण पौडेल, नरेश बराल, अञ्जु बराल अधिकारी र कौशल्या गुरुङ छन् । गाउँपालिका फोकल पर्सनमा रवीन्द्रमोहन… पुरा पढौ

६ महिना स्कुल बन्द

चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले… पुरा पढौ

नोबेलले मनायो १४ औं बार्षिकोत्सव 

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अस्पताल उपचारका क्षेत्रमा फड्को मार्दै गएको भन्दै उनले शिक्षा क्षेत्रमा पनि सर्वोत्कृष्ट नजिता ल्याउँदै उत्कृष्ट सस्थाको रुपमा… पुरा पढौ

विद्यार्थीलाई सूचना अधिकार सिकाइ

सूचना वुझाउँ गाउँ शहर ब्युझाऔँ भन्ने नाराका साथ १ सय दिने आरटिआइ अभियानका लागि सूचनाको हकको महत्व तथा वित्तीय साक्षरता विषयक एक्काइसौँ दिनको अन्तक्र्रिया र प्रशिक्षण भएको छ । पोखरा १४ मझेरीपाटन अवस्थित रामेश्वरी माध्यमिक विधालयका विधार्थीलाई प्रशिक्षण दिइएको हो । सहजीकरण सामुदायिक सूचना समाज कास्की अध्यक्ष दीपक आचार्यले गरेका थिए । विद्यालयका सूचना अधिकारी दिलसुबा गुरुङले हरेक विद्यालयमा पुगी दिइने सूचनाले विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउने बताए । गण्डकी… पुरा पढौ

घरपझोङ गाउपालिकाद्धारा अतिरिक्त क्रियाकलाप

मुस्ताङको घरपझोङ गाउपालिका कार्यालय जोमसोमले अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरेको छ । अन्तर बिद्यालय स्तरिय निवन्ध तथा चित्रकला प्रतियोगितामा गाउँपालिका कुल ९ वटा बिद्यालयले सहभागिता जनाए । प्रतियोगिताको छात्रतर्फ जनहित माध्यमिक विद्यालयका मनबहादुर बिक प्रथम,धौलागिरी आवासीय माविका पेमा वाङ्गेल गुरुङ दोश्रो र जनकल्याण आधारभुत बिद्यालयका अनिश चौधरी तेश्रो भए ।छात्रतर्फ धौलागिरिकी प्रियङ्का भर्ती प्रथम,जनहित माविकी वर्षा लामगाडे दोश्रो र जनवाल माविकी दिया गौचन तेश्रो भईन् ।… पुरा पढौ

ताला फोरेको विरोधमा पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आक्रोशित

 पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड साइन्सको डिन कार्यलयमा विद्यार्थीहरुले लगाएको ताला फोरेको विरोधमा विद्यार्थीहरु आक्रोशित भएका छन् । हेल्थ एण्ड साइन्ुका डिन खेमराज जोशीले वार्ता र संवाद नगरी एकतर्फी रुपमा प्रहरीको सहयोगमा ताला फारेको आरोप विद्यार्थीहरुले लगाएका छन् । ताला फोरेको विरोधमा एमपिएच अध्ययनरत विद्याथीहरुले पो वि केन्द्रिय कार्यलयको मुल ढोकामा तालावन्दी गरेको एमविएच अध्ययनरत विद्यार्थी नारायण सापकोटाले जानकारी दिए । उनले विद्यालय प्रशासनले वार्तामा नवोलाई स्ववियु र प्रहरीको… पुरा पढौ

एनप्याब्सान खेलकुद महोत्सव १८ गतेदेखि

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, कास्की (एनप्याब्सान कास्की)को आयोजनामा एनप्याब्सान खेलकुद महोत्सव हुने भएको छ । महोत्वसवको १२ औं संस्करण मंसिर १८ देखि २१ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो । ‘एनप्याब्सान कास्कीको संकल्प, खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने छन् । महोत्सवलाई सफल बनाउनका लागि एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीको… पुरा पढौ

अब सिर्टिफिकेट धितो राखेर ऋण

अब व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते… पुरा पढौ

उर्लाबारीमा पोखरा विश्वविद्यालयको आंगीक कलेज

पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाका लागि स्विकृति प्रदान गरेको छ । प्रतिष्ठानलाई विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायतर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका कार्र्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो । प्रतिष्ठानले यसअघि पनि विभिन्न प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको छ । प्रतिष्ठान र विश्वविद्यालयबीच सोमबार भएको सम्झौतामा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशी र प्रतिष्ठानको तर्फबाट… पुरा पढौ

शिक्षक र अभिभावकको मेहनतले फेरियो गणेश मावि

 गत असारमा भएको विद्यालय तहको परीक्षा (एसईई) मा सामुदायिक तर्फ बलेवाको गणेश माविका आबिस्कार पौडेल र कुशल पौडेल जिल्ला टप भए ।कक्षा ८ र कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा पनि गणेश माबिकै प्रनिङ रोका, प्रविन शर्मा र सुमन नेपालीनै जिल्लामा उत्कृष्ठ घोषित भए । २०६५ सालमा पहिलो पटक एसएलसी परीक्षामा सहभागि भएपछि यो बिद्यालयले हरेक बर्ष शतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । शिक्षक र अभिभावकको सामुहिक पहलले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं