सूचना वुझाउँ गाउँ शहर ब्युझाऔँ भन्ने नाराका साथ १ सय दिने आरटिआइ अभियानका लागि सूचनाको हकको महत्व तथा वित्तीय साक्षरता विषयक एक्काइसौँ दिनको अन्तक्र्रिया र प्रशिक्षण भएको छ ।
पोखरा १४ मझेरीपाटन अवस्थित रामेश्वरी माध्यमिक विधालयका विधार्थीलाई प्रशिक्षण दिइएको हो ।
सहजीकरण सामुदायिक सूचना समाज कास्की अध्यक्ष दीपक आचार्यले गरेका थिए । विद्यालयका सूचना अधिकारी दिलसुबा गुरुङले हरेक विद्यालयमा पुगी दिइने सूचनाले विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउने बताए ।
गण्डकी विकास बैंक अमरसिंह शाखा प्रवन्धक नवीन थापाले वितीय साक्षरताबारे धारणा राखे । उनले सूचनाको हकलाई हरेक क्षेत्रमा बलियो आधार बनाएर जाने तथा सेवाग्राहीलाई परेका अप्ठयारा परिस्थितिमा तत्काल सम्बोेधन गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समीक्षा राईले कार्यक्रम निकै नै प्रभावकारी तथा समय सान्दर्भिक भएको बताइन् । आरटिआइ संयोजक शिवराज बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नवराज दाहालले पनि बोलेका थिए ।