अर्थ, वाणिज्य

रोबोटले बनाउन थाले कार, १ वर्षमा २८ हजार रोबोट बिक्री

अमेरिकी कम्पनीले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानव स्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् । सन् २०१७ को तुलनामा कार निर्माण प्लान्टमा रोबोट प्रयोगमा झण्डै १६ प्रतिशत वृद्धि भएको छ । यस वर्ष झण्डै २८ हजार ४ सय ७८… पुरा पढौ

२ दिन पछि स¥यो क्यान इन्फोटेक

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित भायनेट क्यान इन्फोटेक–२०१९ इन एसोसियसन विथ आइएमई पे’ २ दिनपछि सरेको छ । फागुन १८ गते शनिबारबाट सञ्चालनको तयारीमा रहेको इन्फोटेक फागुन २० गतेदेखि गर्ने गरी समय परिमार्जन गरिएको क्यान कास्की अध्यक्ष युवराज पौडेलले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै इन्फोटेकको समय पछाडि धकेलिएको पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।… पुरा पढौ

शहिद सप्ताहमा फलफूल बितरण

शहिद सप्ताहका सन्दर्भमा जनयुद्ध र देशका विभिन्न कालखण्डमा आफ्नो ज्यान गुमाउने सम्पूर्ण शहिदहरूको सम्झनामा अखिल क्रान्तिकारी कास्की र अनेरास्ववियु कास्कीले पोखरा–१४ अवस्थित शहिद स्मृति आवासीय माविमा फलफूल वितरण गरेको छ। उक्त विद्यालयमा १० वर्षे जनयुद्धमा शहादत प्राप्त शहिदका छोराछोरी मात्र अध्ययन गर्छन्। वि.सं. २०५२ साल फाल्गुन १४ गते तत्कालीन शाही सेनावाट जनयुद्धका प्रथम शहिद दिलवहादुर रम्तेलको निर्मम हत्या गरेको दिनलाई आधार मानी फाल्गुन १४ देखि एक हप्ता शहिद सप्ताह मनाउने… पुरा पढौ

नेपाल बैकले कर्जाको व्याजदर घटायो

नेपालका उद्यमी व्यवसायीहरुको माग संवोधन गर्ने क्रममा नेपाल बैक लिमिटेडले सबै प्रकारका कर्जाहरुको व्याजदर एक दसमलव ४६ प्रतिशतले घटाएको छ ।  यसबाट देशका उद्यम व्यवसायको पुंजी लागतमा कमी आई प्रतिष्पर्धी क्षमता बढ्ने र समग्र अर्थतन्त्र लाभान्वित हुने अपेक्षा बैकले लिएको छ ।     पुरा पढौ

संसद् भवनमा सुविधा सम्पन्न चमेनागृह

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा सुविधा सम्पन्न चमेनागृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालयले छ महीनामा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । हाल यो भवन सङ्घीय संसद् सचिवालयलाई भाडामा दिइएको छ । करीब ९८३ वर्गमिटर क्षेत्रफल ओगट्ने चमेनागृहमा १८६ क्षमताको ‘डायनिङ हल’समेत निर्माण हुनेछ । मुस्लिम समुदायका लागि हलाल खानाको व्यवस्था भान्छाघरमा हुने प्रबन्ध मिलाइएको कार्यक्रममा जानकारी गराइयो । रु दुई करोड ७८… पुरा पढौ

मधुमल्लामा १९ बर्ष पछि पुन : वाणिज्य बैंक

मोरङको मिक्लाजुङ गाउँपालिका – ९ स्थित मधुमल्ला बजारमा पुन: राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालयको शनिबार उद्घाटन गरिएको छ । शाखा कार्यालयको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मिक्लाजुङमा वाणिज्य बैँकको यो २१७ औँ शाखा हो । यस अघि मधुमल्लाम भएको बाणिज्य बैंकको साखा द्वन्दकालिन अवस्थामा २०५६ सालमा विस्थापित भएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख… पुरा पढौ

भूकम्पले भत्किएका ४० हजार घर पुनःनिर्माण

नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ। जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन्।  पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराएका छन्। विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ४१६ घरमा पूर्ण क्षति पुगेको सरकारी तथ्याङ्क छ। तीमध्ये हालसम्म… पुरा पढौ

जनावरका लागि आधुनिक किसिमका घर निर्माण गरिदैँ

जावलाखेलमा रहेको सदर चिडियाखाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण भइरहेको छ ।  आगामी एक महीनामा निर्माणको काम सम्पन्न गरी नयाँ घरमा जीवजनावरलाई राखिने पनि चालिसेले जानकारी दिइन् । अहिले चिडियाखानामा नीलगाई छैन, अब… पुरा पढौ

तल्लो मोदीको विद्युत् उत्पादन महिना दिन भित्रै

तोकिएको समयभन्दा करीब तीन वर्षपछि २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने भएको छ । मोदीखोलामा निर्माणाधीन मोदीखोला जलविद्युत् आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम अन्तिम चरणमा पुगेपछि आगामी महीना परीक्षण उत्पादन शुरु गर्ने जनाएको छ । विसं २०६९ साउनमा निर्माण शुरु भएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । निर्धारित समयमा नसकिएपछि सोही फागुनमा सक्ने लक्ष्य सार्वजनिक गरेको आयोजनाले प्राकृतिक, मानवीयलगायतका विभिन्न कारण देखाउँदै यसअघि धेरै पटक उत्पादन… पुरा पढौ

गौतमबुद्ध विमानस्थलमा भदौदेखि व्यावसायिक उडान

सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करीब करीब रुग्ण अवस्थामा पुगेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं