विदेशको सीप, स्वदेशमा व्यवसाय

गुरुङको छोरो । घरपरिवार र समाजले लाहुरे बन्नुपर्छ भन्ने सुझाव र दवाव दिईरहन्थे । सुझाव र दवाव मानेर भर्ती हुन पनि गए तर फाइनल प्रतिस्पर्धामा सपना भने तुहियो । त्यसपछि लाहुरे हुने सपनालाई सधैका लागि त्यागे । अनि हान्निए विदेश ।

भर्ती नभएका युवा विदेश जानुपर्ने अर्को दवाव थियो गुरुङ समुदायमा । सके भर्ती हुने नभए विदेश जानुपर्ने बाध्यतासँगै उनले पनि एक दशक विदेश भासिए । वर्षौअघिको भर्ती हुने र विदेश जानुपर्ने प्रावधान अहिले पनि कायमै छ । कास्कीको पुम्दीभुम्दी गाविसको कालावाङमा जन्मिएका ४४ वर्षीय लोकबहादुर गुरुङले आफनो संघर्षका पाना पल्टाए । ‘भर्ती हुन पनि गएँ तर फाइनलमा निकालिएँ,’ भर्ती हुन जादाँका अनुभूति प्रष्टाए, ‘त्यसपछि विदेश जाने मनस्थिति बनाएँ ।’

उनी २० वर्षका लक्का जवान थिए । अध्ययनको शिलशिला चलिरहेको थियो । डिप्लोमाको अध्ययनताका उनी जापान हान्निए । सामान्य परिवार भएकै कारण पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकताले विदेश जानुपर्ने बाध्यता उनीसमक्ष थियो । ‘सामान्य परिवार भएकाले पनि भर्ती हुने र विदेश जानुपर्ने बाध्यता थियो,’ उनले विदेश यात्रालाई यसरी अथ्र्याए ।

जापानमा उनी रोजगारका लागि गए । शुरुमा केही न्यास्रो मनभित्र लाग्यो । रेष्टुरेण्टमा काम पाए । इमान्दारिताले उनलाई नयाँ सिक्ने अवसर पनि दिलायो । शुरुमा किचन हेल्पर भए । पछि वेटर बन्न पुगे । वेटरपछि रेष्टुरेण्ट नै हेण्डलिङ गर्नका लागि इन्चार्ज बनाईए । ‘एउटै रेष्टुरेण्टमा दश वर्ष काम गरे,’ इमान्दार भएको प्रष्टिकरण दिदैं भने—‘छोड्छु भन्दा पनि छोड्न दिएनन् । घर फर्किन्छु भन्दा उल्टै तलब बढाईदिन्थे ।’

सन १९९१ जापान प्रस्थान गरे । २००१ मा फर्किए । दश वर्ष विताउँदा केही कुरा सिकेर फर्किए । केवल रोजगार मात्रै नभई सीप सिकेर स्वदेशमै गर्नुपर्छ भन्ने लाग्यो । एक वर्ष आराम गर्दैमा बित्यो । त्यसपछि विवाह गरे । घरजम गरेपछि विदेशी सीपलाई उपयोग गर्नुपर्छ भन्ने मनमा थियो । अनि थाले पोखराको चिप्लेढुंगामा आल्मोण्ड्स क्याफे ।

आल्मोण्ड्स क्याफे पोखराका लागि नयाँ नाम भने होईन् । २०५८ सालमा शुरुवात गरिएको थियो । जतिबेला नेपालमा चरम संकटको अवस्थाको थियो । लगानी लगाएपछि निरन्तरता दिनु नै ठूलो कुरा थियो । धैर्यको फल अहिले पाएको जस्तो अनुभूति उनले गरिरहेका छन् । जापानको रेष्टुरेण्टमा उनले पकाउनेदेखि भाडा माझ्नेसम्म जाने । ‘जापानमा सिकेको सीपलाई स्वदेशमा उपयोग गरिरहेको छु,’ उनी सम्झिन्छन्, ‘व्यवसाय थाल्दा शुरुमा साहुले पनि भाडाँ माझ्छ रे भन्दै हेर्न आउँथे ।’ काम ठूलो र सानो हुदैन । कामको सम्मान गर्नुपर्छ ।

जापानमा सँगै रहे पनि रोजगारी फरक रहेका गौतम उदास उनका व्यवसायिक पार्टनर हुन् । उदास जापानमा डिपार्टमेन्ट स्टोरमा काम गर्थे । रेष्टुरेण्टमा आउथे सँगै बसेर खाना खान्थे । लामो समयको बसाईपछि दुवै नेपाल फकिए । स्वदेश फर्किएपछि केही गर्नुपर्छ भन्ने भावनाले दुवैलाई पिरोलिरहन्थ्यो । त्यसपछि दुवैले रेष्टुरेण्टमा हात हाल्ने निर्णयले स्थापित भयो अल्मोण्ड्स क्याफे ।

संकटकालीन अवस्था थियो २०५८ सालमा । त्यसमा पनि तलामा राखेर व्यवसाय सञ्चालन गर्न कठिन थियो । लोकेसन निकै राम्रो थियो । ‘शुरुमा थोरै लगानीमा व्यवसाय थाल्यौं,’ उनी भन्छन्, ‘छ वर्षपछि शाखा विस्तार ग¥यौं पोखराको लेकसाईडमा ।’ रेष्टुरेण्ट सर्वसाधारणको प्रत्यक्ष सरोकार र सम्बन्ध विस्तारका लागि सहज र अपजस व्यवसाय हो । त्यही भएर उनी सधैं गुणस्तरीय सेवाका लागि आफैं धस्सिने गरेका छन् ।

रेष्टुरेण्टमा काम गरेकै कारण उनमा आत्मविश्वास थियो । रेष्टुरेण्टको कामदेखि व्यवस्थापनसम्म सबैको पारंगत हुन् । ‘रेष्टुरेण्टमा उनले १२ घण्टा भन्दा बढी बिताउँछन् । घरपरिवारको दवाव छैन । फुर्सदको समय परिवारसँग बिताउछु,’ उनले दैनिकी सुनाए ।

तीन तलामाथि व्यवसाय थाल्दा धेरैले मूर्खसमेत भन्न भ्याए । उनले १२ वर्षअघि उनी पुगे, ‘आत्तिनु हुँदैन । छोटो समयमै कमाउनुपर्छ भन्ने भावना पनि लिर्ईएन् । सेवा सुविधा र खानामा गुणस्तरीयता ध्यान दियौं ।’ उनी सधैं रेष्टुरेण्टमा छिर्ने ग्राहकलाई सन्तुष्टि दिनुपर्छ भन्ने विषयमा मात्रै घोत्लिने गरेका छन् । व्यवसायबाट उनी निकै सन्तुष्ट छन् । यद्यपी संकटकालिन अवस्थामा पाएको दुख पीडा भने मनभरि छ । उनी सम्झन्छन्, ‘नौ बज्न नपाउँदै बन्द गर्न दवाव दिन्थे । त्यसले निकै समस्या हुने गरेको छ ।’

उनी सम्झिन्छन्, ‘व्यवसाय थाल्दा शुरुमा साहुले पनि भाडाँ माझ्छ रे भन्दै हेर्न आउँथे । काम ठूलो र सानो हुदैन । कामको सम्मान गर्नुपर्छ ।’

१९ दिने जनआन्दोलनले व्यवसाय चौपट बनाउँदा मनमा निकै तनाव सृजना भएको थियो । बन्द र हडतालले प्रत्यक्ष असर । ‘तर पनि विचलित भने भईएन्,’ उनी भन्छन् । कतिपयले धान्न नसकेर विलीन भएको उदाहरण पनि छन् । पछिल्लो समय प्रशासनले चलाएको मापसे अभियानले पनि व्यवसायलाई धक्का लागेको छ । परिवार नै खाएर आउने परिपाटी बस्दै थियो । घरमा गर्नुभन्दा रेष्टुरेण्टमै क्यादरिङ गर्ने परम्परा बस्दै आएको थियो । ‘प्रशासनले मापसे चेकिङ कडाई गरेपछि क्यादरिङको अवस्था ह्वात्तै घट्यो,’ उनी बताउँछन् ।

संकटकाल, जनआन्दोलन, मापसे चेकिङबाट गुज्रिदा राजनीतिक दलले आफनो स्वार्थसिद्ध मजदुरलाई भड्काउने प्रवृत्तिले पनि व्यवसायलाई निकै हानी पु¥यायो । कठिन परिस्थितिमा पनि संघर्ष गरिरहनुपर्छ भन्ने मनमा रहेकाले उनलाई जटिल समस्याको रुपमा देखिएन् । काम गर्ने स्टाफ सबै परिवारिक बातावरणमा काम गरिरहेको उनको बुझाई छ ।

भन्छन््—‘एउटै परिवार जसरी काम गरेका छौं । मजदुर आन्दोलनले स्टाफलाई भड्काउनेमात्रै काम गरे । शोषण र दमन गरेको भए हामीलाई भन्नुपर्ने थियो तर स्टाफले कहिल्यै गुनासो गरेका छैनन् । ‘कर्मचारीलाई टर्चर दिदाँ व्यवसाय नै बन्द गरेर हिड्यौं जस्तो पनि हुन्थ्यो,’ मनभित्र गुम्सिएको यथार्थलाई बाहिर ल्याउँदै भने, ‘नेताको पछि हिडाउँदा कतिपय स्टाफले रोजगारी नै छाडे ।’

आल्मोण्ड्स क्याफेलाई नेपालका विभिन्न शहरमा विस्तार गर्ने लक्ष्य छ । तर समय दिन नसक्ने भएकाले पनि मनभित्र खुम्चिनुपर्ने बाध्यता छ । साथीभाइ स्वदेशी विदेशी पर्यटकको गुणगानले पनि आल्मोण्ड्सको प्रचारप्रसार भईरहेको छ । कतिपय पर्यटक खानको लागि मात्रै नआई खानको परिकार कसरी बनाउने भन्ने बारेमा पनि जानकारी लिएर फर्किने गरेका छन् । खानको रेसिपी बनाउन सिकाईदेउ भन्दै आउने पर्यटक पनि प्रशस्तै छन् । विशेष गरी जर्मनी, जापानीज, अमेरिकन, अष्टे«लियन चाईनिज पर्यटकहरुले रेसिपीको बारेमा सिक्न आउने गरेका छन् ।