पोखरा १९ का ६२ वर्षीय संक्रमितको मृत्यु

पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो कस्केली हुन् ।

उनको शनिबार राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । मधुमेहका समेत बिरामी उनी साउन १७ गतेबाट प्रतिष्ठानको आइसियुमा उपचाररत थिए ।

सच्चाइको लापरवाहीले फैलियो पोखरा १९ मा कोरोना

कोरोना निको बनाउँछु भन्ने धर्मगुरुको कोरोनाबाटै मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी तेस्रो व्यक्ति हुन् । आफ्नै घरमा सच्चाइको सत्संग चलाएका यी संक्रमितको सम्पर्कमा आएका थप ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।