कोरोना निको बनाउँछु भन्ने धर्मगुरुको कोरोनाबाटै मृत्यु

कोरोना महामारीमा पनि सच्चाइएको सत्संग नाम दिएर किस्चियन धर्म प्रचार गर्ने क्रम रोकिएन । कोरोना निको बनाउने तागत आफूसँग भएको भन्दै ६२ वर्षीय पुरुषले पोखरा १९ मा प्रार्थना गराइरहे ।

आफ्नै घरमा प्रार्थना चलाउने यी धर्मगुरुको शनिबार राति साढे ११ बजे निधन भएको छ । कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो कस्केली हुन् । मधुमेहका समेत बिरामी उनी साउन १७ गतेबाट प्रतिष्ठानको आइसियुमा उपचाररत थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी तेस्रो व्यक्ति हुन् ।

यी संक्रमितको सम्पर्कमा आएका थप ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती ६ जनाको सम्पर्कमा आएकाहरुको खोजपड्ताल हुन बाँकी छ ।

तीमध्ये २ जनालाई आइसोलेसनमा उपचारका लागि लगिएको छ भने ४ जना अझै घरमै छन् । उनीहरुलाई आइतबार लेखनाथमा रहेको प्रदेशको अस्पताल लैजाने तयारी भएको छ । पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले पोखरा १९ र १६ लाई कम्तीमा एक हप्ताका लागि सिल गर्न पहल भइरहेको नेपालदुतलाई बताए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।