सच्चाइको लापरवाहीले फैलियो पोखरा १९ मा कोरोना

पोखरा १९ मा शुक्रबार एकै पटक ६ जनामा कोरोना संक्रमण पुष्टि भयो । ६७ जनाको स्वाब संकलन गरिएकोमा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

तीमध्ये ४ जना सच्चाईमा जानेहरु हुन् । अरु २ जना भने सच्चाइएको सत्संगमा जानेहरुको सम्पर्कमा आएका मानिस हुन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका पोखरा १९ संक्रमित ६२ वर्षीय पुरुषले आफ्नो घरमै सच्चाइको सत्संग चलाएका थिए ।

मानिसलाई असाध्य रोगहरुसमेत प्रार्थनाबाट निको हुने प्रलोभन दिएर सच्चाइले धर्म परिवर्तन गराइरहेको छ । कोरोना महामारीका बेलासमेत प्रार्थन गर्न मानिस जम्मा गर्ने सच्चाइको हर्कतले पोखरा १९ मा कोरोना संक्रमण समुदाय तहमै पुग्ने जोखिम देखिएको हो ।

सच्चाइकै कारण वडामा समुदायमै महामारी फैलिएकाले यो क्षेत्रलाई सिल गर्न महानगरका मेयरसँग कुरा भएको वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए । मेयरसँग सल्लाहपछि कास्कीका प्रमुख जिल्ला अधिकारीसँग वडाको सो क्षेत्र सिल गर्न आग्रह गरिने जानकारी दिए ।

उनले भने, ‘समुदाय तहमै संक्रमण देखिने खतरा भएपछि यहाँका पसलहरु बन्द छन् । यातायात बन्द गर्न र एरिया सिल गर्न जिल्ला प्रशासनलाई अनुरोध गर्छाैं ।’

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।