सामाजिक वर्ग के हो ?

१. वर्गको अवधारणा

समाजको वर्ग संरचनाको विश्लेषण गर्ने समय माक्र्सवाद, लेनिनवाद प्रधान र सहायक वर्गहरुका विच अन्तर पैदा गर्छ । मुख्य वर्ग त्यो हुन्छ, जसको अस्तित्वको सम्वन्ध सामाजिक, आर्थिक विरचनामा हावी उत्पादन पद्धतीबाट निर्धारित हुन्छ । प्रत्येक वैरभाव पूर्ण सामाजिक, आर्थिक विरचनामा दुई मुख्य वर्ग हुन्छन् । तिनिहरु दास–स्वामी तथा दास, सामन्त तथा किसान, बूर्जुवा तथा सर्वहारा हुन । मुख्य वर्गहरुका विच वैरभाव पूर्ण अन्तरविरोधहरुको समाधान विद्यमान व्यवस्थाको स्थानमा नयाँ, अधिक प्रगतिशिल व्यवस्थाको प्रतिस्थापनाको माध्यामबाट गर्न सकिन्छ । समाजवादी समाजमा पनि दुई मुख्य वर्ग नै हुन्छन् ःमजदुर वर्ग र किसान समुदाय तर, उनिहरुका विचको सम्वन्ध संयुक्त श्रम र सहयोगमा आधारित हुन्छ ।

प्रभुत्वशाली उत्पादन पद्धतिको साथ–साथ वर्गगत विरचनाहरुमा पहिलेको उत्पादन पद्धतिको अवशेष ज्यूँउका त्युँउ रहन सक्छ । अथवा विशिष्ट आर्थिक ढांचाको रुपमा नयाँ उत्पादन पद्धतीको शुरुवात हुन सक्छ । यहि सहायक तथा संक्रमणात्मक वर्गको अस्तित्वको कारण हो । अतः दास स्वमी समाजमा दास स्वमीहरु र दासहरको आधारभुत वर्ग साथ–साथ व्यापारीहरु, सुदखोरहरु, स्वतन्त्र शिल्पकारहरु, किसानहरु, ठुलो मात्रामा वर्गच्युत तत्वहरुको अस्तित्व थियो । सामन्ती समाजमा नगरहरुको विकाशको मात्रा अनुसार नयाँ–नयाँ सामाजिक श्रेणिहरुको जन्म हुँदै गयो ःखाताहरु र निगमहरुमा संगठित शिल्पकार, व्यापारी आदी । पूँजिवादी समाज र ति देशहरु जहाँ सामन्तवादका अवशेष प्रर्याप्त मात्रामा रहिरहेको हुन्छ, ठुला भु–स्वामी लामो समय सम्म अस्तित्वमा हुन्छन् र सहायक वर्गको रुपमा अहिले पनि अस्तित्वमान छन् ।

अधिकांश पूँजिवादी देशहरुमा निम्न वूर्जुवा वर्गको धेरै श्रेणिहरु हुन्छ ःसाना किसान, शिल्पकार, व्यापारी आदी । संख्याको दृष्टिबाट यि ठुला सामाजिक श्रेणिहरु हुन, जसले राजनीतिक संघर्षमा कुनै पनि मुख्य भुमिका निर्वाह गर्दैनन् । यो श्रेणिका प्रतिनिधिहरुको आर्थिक दृष्टीबाट सर्वहारा वर्ग र वूर्जुवा वर्गको विचको स्थितीमा हुन्छन् । उक्त श्रेणि वूर्जुवा वर्गको नजिक हुन्छ, किनकी तिनिहरु पनि निजी सम्पतीको मालिक हुन्छन् । तर अनुचित रुपबाट आर्जित निजी वूँजिवादी सम्पतीको विपरित उनिहरुको सम्पती मुलतः स्वंयम आर्जन गरेको हुन्छ, जो निजी श्रममा आधारित हुन्छ । यसकारण निम्न वूर्जुवा वर्गको यो प्रतिनिधी सर्वहारा वर्गको नजिक हुन्छ ।

समाजवादी समाजमा पनि दुई मुख्य वर्ग नै हुन्छन् ःमजदुर वर्ग र किसान समुदाय तर, उनिहरुका विचको सम्वन्ध संयुक्त श्रम र सहयोगमा आधारित हुन्छ ।

प्रधान र सहायक वर्गहरुका विच घनिष्ट अन्र्तसम्वन्ध हुन्छ । यसको कारण यो हो की प्रधान वर्ग आफ्नो ऐतिहासिक विकाशका प्रक्रियामा सहायक वर्गमा परिवर्तित हुन जान्छ । र यसको उल्टो उक्त वर्ग जो इतिहासको कुनै निश्चत तहमा सहायक हुन्छ समय वित्दै जाँदा त्यो प्रधान वर्गमा परिवर्तित हुन सक्छ । कुनै वर्गको प्रधानबाट सहायक वर्गमा संक्रमण यो कुराबाट निर्धारित हुन्छ की प्रभुत्वशाली उत्पादन पद्धती समय सँगै अप्रभुत्वाशाली सामाजिक, आर्थिक ढाँचामा परिवर्तित हुन जान्छ । सहायक वर्गको प्रधान वर्गमा संक्रमण यो कारण सम्पन्न हुन्छकी कुनै आर्थिक, सामाजिक विरचनाको गर्भमा जन्मिरहेको नयाँ सामाजिक, आर्थिक ढाँचा प्रभुत्वशाली उत्पादन पद्धतीमा परिवर्तित हुन जान्छ ।

समाजको जीवनमा विशेष स्थान तथा भुमिका राजनीतिक पार्टीहरुलाई प्राप्त हुन्छ । जो यो वा त्यो वर्ग अथवा त्यो श्रेणिको सवैभन्दा अधिक सक्रिय तथा संगठनात्क भाग हुने गर्छ । समाजको वर्ग विभाजन नै राजनीतिक पार्टीहरुको उत्पतिको कारण हो । तिनीहरुको भिन्न–भिन्न हित हुन्छ । राजनीतिक पार्टी सवै भन्दा अधिक महत्वपुर्ण औजारहरु मध्ये एक हो, जसको मदतबाट वर्ग आफ्नो हितको लागि, सत्ताका लागि संघर्ष गर्छन । राजनीतिक पार्टीहरु वर्ग संगठनको उच्चतम रुप हुन ।
क्रमश…