नेपाल एल्बम

मकै पोलेर जिबिकोपार्जन (फोटो कथा )

अहिले मकैको सिजन । सडक पेटी मा मकै पोलेर बेच्ने र पोलेका मकै मिठो मानेर खानेहरु धेरै हुन्छन् । चाहे पोलेर होस् वा उसिनेर मानिसहरु दुधालु मकै खान रुचाउँछन। शहरमा बश्ने र आँफै उब्जनी नगर्ने हरुलाई मकै झन रहर बनेको छ । पोलेको मकै खाँदा स्वादिलो मात्र होइन निकै पोषणयुक्त हुन्छ । मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता… पुरा पढौ

तुईनबाट तर्दै स्कूले बालबालिका

पोखरा महानगरपालिका वडा नं. १७ र २१ को सिमानास्थित फुस्रेखोला माथि जोखिमपूर्ण तुईनबाट तर्दै स्कूले बालबालिका । तस्वीर : हरि बास्तोला पुरा पढौ

सेलिब्रेटी किसान !

पोखरा १७ मा आइतबार आयोजना गरिएको रोपाइ महोत्सवमा गोरु साउँदै पोखराका मेयर मानबहादुर जिसी । पुरा पढौ

पर्यटकको लोकप्रिय गन्तब्य बेगनास ताल

बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ । यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । पुरा पढौ

उपल्लो मुस्ताङमा स्वागत छ ।

उपल्लो मुस्ताङको छोसेरमा पर्यटक लाई स्वागत गर्दै मौलिक पोशाकमा बालबालिका । पुरा पढौ

गर्मी बढेपछि

गर्मी बढेपछि शुक्रबार दिउँदो लेखनाथमा खेत छेउको पोखरीमा भैंसी । पुरा पढौ

ऐसेलु टिपेर खाँदै गण्डकी प्रदेशका मुख्यमन्त्री

फलेवास नगरपालिका ९ भँगराको जलजलामा ऐसेलु टिपेर खाँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत । तस्बिर : गोविन्दबहादुर नेपालीको फेसबुक पुरा पढौ

धमिलो पानी पिउँदै

कर्णालीको धमिलो पानी पिउँदै दैलेख आठबीस नगरपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका । तस्बिर  हिक्मतबहादुर नेपाली पुरा पढौ

मादल बनाएर राम्रो आम्दानी गर्दै एक युवती

स्याङ्जा पुतलिबजार नगरपालिका स्थित २१ वर्षीया अनिता गन्दर्भले मादलमा खरि लगाउँदै । मादल बनाएर राम्रो आम्दानी गर्न सफल हुदै आएकी छिन । पुरा पढौ

हिड्ने पुस्तकालय !

अमेरिकन दुतावासले सञ्चालन गरेको बुक बस बिहीबार पोखरा आइपुग्दा पुस्तक पढ्दै बालबालिका । विद्यार्थी, शिक्षक लगायतमा पढ्ने उत्प्रेरणा जगाउन दुतावासले २०१३ बाट यो सेवा सुरु गरेको हो । विद्यालय परिसरमा केही दिन पुस्तक बस राखेर विद्यार्थी र शिक्षकलाई पढ्ने संस्कार विकास गर्नु बुक बसको उद्देश्य रहेको इस्ट्रक्टर विन्दिया नागाले बताइन् । बुक बस सेवा पोखरामा यो बिहीबार र आइतबार उपलब्ध हुने उनले बताइन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं