याम्दीमा च्याङ्ग्रा रोज्दै पोखरेली : यसपालिका अघिल्लो वर्षको तुलनामा आधा नै च्याङ्ग्रा कम आएको व्यवसायीहरु बताउँछन् । मूल्य भने विगतको तुलनामा बढेको छ । कोरोना महामारीले अर्थव्यवस्था नाजुक भए पनि दशैंलाई मध्यनजर छिमेकी जिल्लाबाट समेत च्याङ्ग्रा किन्न आएकाहरु भेटिए । तस्बिर : सुनिल पाण्डे
पुरा पढौ
पोखरामा कोरोना भाइरसका कारण ज्यान गुमाएका ६२ वर्षीय पुरुषको आइतबार दिउँसो अन्त्येष्टि गरिएको छ । उनको मृत्युको करिब १५ घण्टापछि पोखरा–३२, रातोपहिरो घाटमा अन्त्येष्टि गरिएको हो। कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो कस्केली हुन् । उनको शनिबार राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको थियो। मधुमेहका समेत बिरामी उनी साउन १७ गतेबाट प्रतिष्ठानको आइसियुमा उपचाररत थिए । तस्वीर : दुर्गाप्रसाद पौडेल
पुरा पढौ
पोखरा २८ स्याङखुदीको रोलाको खोला क्यानोनिङ झर्ना र ढोडेनी खोलामा शनिबार रमाउँदै युवायुवती । गर्मी बढेसँगै यहाँ आउनेको संख्या बढेको छ । पोखरा २८ स्याङखुदीको रोलाको खोला क्यानोनिङ झर्ना र ढोडेनी खोला अवलोकन गर्दै वडाध्यक्ष निर्मल दियाली लगायत ।
पुरा पढौ
बिहीबार फेवाताल छेउमा सामनिक नृत्य देखाइँदै । आगो बालेर, आत्मालाई निम्त्याएर नृत्य गर्नेले दिमागलाई स्वतन्त्र बनाएर जहाँ चाह्यो, त्यही पु¥याउने दाबी गर्छन् । यो अमेरिकन नृत्य हो । लकडाउनमा फसेका भिडियो बनाउने अमेरिकन म्याक्सले चाइनिज नृत्यङ्गना ई को नृत्य छायांकन गरे । तस्बिर : सुनिल पाण्डे/नेपालदुत https://youtu.be/V-bLXPh-lpw
पुरा पढौ
पोखरा २१ कृस्तिबाट देखिएका अहिले सञ्चालनमा रहेको पोखरा एअरपोर्ट र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एअरपोर्ट । अहिलेसम्म विमानस्थलको काम ५९ प्रतिशत सकिएको छ भने बन्दाबन्दीका कारण निर्माणले गति लिन सकेको छैन ।तस्बिर : सुनिल पाण्डे
पुरा पढौ