नेपाल एल्बम

पोखरेली आकाशमा सैनिक अभ्यास

सोमबार पोखरेली आकाशमा जारी सैनिक अभ्यास ।तस्बिर : सुनिल पाण्डे पुरा पढौ

झरनाको चिसो पानी…

पोखरा २८ स्याङखुदीको रोलाको खोला क्यानोनिङ झर्ना र ढोडेनी खोलामा शनिबार रमाउँदै युवायुवती । गर्मी बढेसँगै यहाँ आउनेको संख्या बढेको छ । पोखरा २८ स्याङखुदीको रोलाको खोला क्यानोनिङ झर्ना र ढोडेनी खोला अवलोकन गर्दै वडाध्यक्ष निर्मल दियाली लगायत । पुरा पढौ

फेवाताल किनारमा सामनिक नृत्य (भिडियो)

बिहीबार फेवाताल छेउमा सामनिक नृत्य देखाइँदै । आगो बालेर, आत्मालाई निम्त्याएर नृत्य गर्नेले दिमागलाई स्वतन्त्र बनाएर जहाँ चाह्यो, त्यही पु¥याउने दाबी गर्छन् । यो अमेरिकन नृत्य हो । लकडाउनमा फसेका भिडियो बनाउने अमेरिकन म्याक्सले चाइनिज नृत्यङ्गना ई को नृत्य छायांकन गरे । तस्बिर : सुनिल पाण्डे/नेपालदुत https://youtu.be/V-bLXPh-lpw पुरा पढौ

छुपुमा छुपु असारे धान…

पोखरा १७ को विरुवा फाँटमा रोपाइँ गरिँदै । पोखरा उपत्यकाको उर्बर जमिन अब थोरै बाँकी छ । अधिकांश खेतमा घर बनिसकेका छन् । तस्बिर : सुनिल पाण्डे पुरा पढौ

सूर्यग्रहण

पोखराको मासबारबाट आइतबार देखिएको सूर्यग्रहण । तस्बिर मनशान्त घिमिरे पुरा पढौ

२ एअरपोर्टको सौन्दर्य (फोटो फिचर)

पोखरा २१ कृस्तिबाट देखिएका अहिले सञ्चालनमा रहेको पोखरा एअरपोर्ट र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एअरपोर्ट । अहिलेसम्म विमानस्थलको काम ५९ प्रतिशत सकिएको छ भने बन्दाबन्दीका कारण निर्माणले गति लिन सकेको छैन ।तस्बिर : सुनिल पाण्डे पुरा पढौ

नो एमसिसी

एमसिसी खारेजी, गिरफ्तार विद्यार्थीको रिहाइ र घाइतेको उपचारको माग गर्दै युवा, विद्यार्थी र मजदुरले कास्कीको मादीमा सोमबार हतियारसहित गरेको प्रदर्शन । पुरा पढौ

रुकुम घट्नाको विरोधमा कास्कीमा धर्ना

समाजवादी दलित मुक्ति महासंघले कास्कीको जिल्ला प्रशासन कार्यालयअघि गरेको धर्ना । रुकुम घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही माग गर्दै जारी धर्नाको बिहीबार पाँचौं दिन हो ।तस्बिर : नेपालदुत पुरा पढौ

बान्दाबन्दीमा चूप छैनन् कर्मजीवी

पोखराको फेवा फाँटमा रोपाई गरिँदै । यहाँ मध्य जेठमै धान रोप्ने चटारो सुरु भएको छ । तस्बिर : नेपालदुत पुरा पढौ

गाउँमा छैन बन्दाबन्दी, यस्तो रोचक छ दिनचर्या (तस्बिर र भिडियो)

पोखरा २८ को काफलघारीका ६५ वर्षीय मुक्तिनाथ भण्डारी दिउँसो चौतारीमा बसेर रामायणका श्लोक गाउँदै । हरेक दिन दिउसो ४, ५ घन्टा उनको दैनिकी यही हो । पोखरा २८ सुनपधेलीमा स्याखु बुन्दै एक स्थानीय । चौतारीमा डोको बुन्दै गरेका एक स्थानीय । उनले गुणस्तर र साइज हेरी एउटा डोकाको मूल्य पाँच सय रुपैयाँभन्दा माथि पर्ने सुनाए । माझठानामा संसद विकास कोषको रकमबाट सिढी बाटो निर्माणमा तल्लीन स्थानीय । बाख्रा चराउन आएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं