राजनीति

ओली भेट्न बालकोट पुगे प्रचण्ड, यसरी हुन सक्छ भागबन्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुगेका उनी सत्ता साझेदार प्रमुख घटक एमालेका अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुगेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ । प्रधानमन्त्रीसहित बढीमा २५… पुरा पढौ

लुम्बिनीमा पनि एमाले, माओवादी आलोपालो

लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो भएका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको जनाए । शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको उनले बताए । लुम्बिनी सरकारको नेतृत्वमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको थियो । माओवादी केन्द्रले लुम्बिनीलाई ‘जनयुद्ध’को उद्गमस्थल र पार्टीको संगठन अन्य प्रदेशको तुलनामा राम्रो भएको भन्दै मुख्यमन्त्रीमा दाबी… पुरा पढौ

सरकारलाई प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहालले ससदबाट विश्वासको मत पाएका छन् । दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । उनी गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ… पुरा पढौ

देउवालाई ओलीको प्रश्नः गुरुजी, तपाईँले होइन पटक पटक संसद् विघटन गरेको ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ । देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै बोल्न रोष्टममा उभिएका ओलीले देउवालाई जवाफ दिएका हुन् । संसद् विघटनको पक्षमा ओलीले बोलेकोमा देउवाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए । जवाफमा ओलीले भने, गुरुजी, आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ?… पुरा पढौ

चुनाव लड्न बोरामा पैसा लैजानुपरेको छः चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने बताएका छन्। उनले सबै ठूला दल एकठाउँमा उभिए पनि आफूले विपक्षमा मतदान गर्ने बताएका हुन्। उनले अहिले चुनावमा जान खर्च धेरै लाग्ने भन्दै त्यो उठाउनका लागि सबै ठूला दल एकै ठाउँमा उभिएको आरोप लगाए। ‘पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ। सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? त्यसबाट बच्न… पुरा पढौ

गण्डकीमा बन्यो नयाँ सरकार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । अधिकारीलाई उनको दल एमालेसहित माओवादी, राप्रपा र स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ , माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङसमेत मन्त्री बनेका छन् । उनीहरु सबै विना विभागीय मन्त्री हुन् । पुरा पढौ

शर्त पूरा भए राप्रपा लिङ्देनकै नेतृत्वमा सरकारमा जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ। पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्। उनले सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको… पुरा पढौ

गण्डकीका प्रदेशसभा सदस्यको शपथ

नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराए । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराएका थिए । शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान झल्किने पोशाकमा उपस्थित थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत… पुरा पढौ

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गते

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार जारी गरेको विज्ञप्तिमा १८ गते दिउँसो ३ बजे अधिवेशन सुरु हुने उल्लेख छ । गण्डकीमा अब सभामुख, उपसभामुख चयन र सरकार गठन प्रक्रियाअघि बढ्नेछ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीमा पनि नयाँ परिस्थिति बनेको छ । यहाँ एमालेका खगराज अधिकारी र माओवादी केन्द्रका हरिबहादुर चुमान मुख्यमन्त्रीका दाबेदार छन् । एमालेका २२, माओवादीका… पुरा पढौ

पार्टी खोल्दै प्रभु शाह, ३ सांसदको साथ

रौतहट ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् । निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिए । ‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर, के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन’, साहले भने । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । अहिले उनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं