समाचार

स्वतन्त्र पार्टी आँधीखोलामा भेषराज

राष्ट्रिय स्वतन्त्र पार्टी आँधीखोला गाउँपालिका स्याङ्जाको सभापतिमा भेषराज पौडेल चयन भएका छन् । शनिबार आयोजित भेलाले पौडेलको नेतृत्वमा सर्वसम्मत समिति चुनेको हो । भेलाले गाउँपालिकाका वडाहरुको समेत नेतृत्व छानेको छ । देशले सोजस्तो विकासको फड्को नमार्नुमा पुराना दलको उदासिनता प्रमुख कारक रहेको पौडेलले बताए । उनले अहिले जनतालाई अनावश्यक कर थुपारेर आहात बनाइएकाले त्यसलाई चिर्न राजनीतिमा लागेको उनको भनाइ छ । ‘युव मिलेर आँधिखोला गाउँपालिकाको मुहार फेर्नुपर्छ । म राजनीतिमा… पुरा पढौ

राष्ट्रिय सौन्दर्यकर्मी युनियन पोखरामा ज्ञानु

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पोखरामहानगर कमिटीको तेस्रो अधिवेसनले ज्ञानुकुमारी दर्जीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । १३ सदस्यीय समिति उपाध्यक्षमा गंगा पुन, सचिव सृजना घले, सहसचिवमा मन्दिरा बास्नेत र कोषाध्यक्षमा रमा रानाभाट छन् । कार्यक्रममा गण्डकी प्रदेशसभा सदश्य मिना गुरुङले सोैदर्यकर्मीको पेशालाई मर्यादित र व्यवसायिक बनाउँदै अगाडि लैजान नयाँ सोच तथा अवधारणा विकास हुनुपर्ने औंल्याइन् । लामो समयदेखि सौन्दर्य पेशालाई शैक्षिक कार्यक्रममा समाबेस गर्ने आफ्नो सपना अहिले आएर साकार भएको… पुरा पढौ

पुरानो टुडिँखेलमा भदौ १० बाट तीज मेला

नेपाली महिलाको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा पोखरा १ स्थित पुरानो टुडिँखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला भदौ १० देखि १६ भदौसम्म चल्नेछ । प्रवेश निशुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरी गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए… पुरा पढौ

स्थापना दिवसको अवसरमा वृद्धा आश्रमलाई सहयोग

नेपाल अडिटर्स एसोसियसन ( अडान ) गण्डकी प्रदेश र अडान कस्कीले १७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ बाच्छेबुडुवाको बात्स्यायन वृद्धा आश्रममा शुक्रबार आर्थिक सहयोग, वृक्षरोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसियसनले अडान डेको अवसरमा टिका रिसोर्ट लेकसाइडमा आर्थिक ऐन २०७९ आयकरमा पारेको प्रभाव सम्बन्धमा पोखरामा कार्यक्रमको आयोजना गरेर अन्तक्र्रिया भएको हो । कार्यक्रममा आयकरले पारेको असर, समाधानका उपायहरुको बारेमा अन्तक्र्रिया गरिएको… पुरा पढौ

पोखरा पन्छी समाजको अध्यक्षमा घिमिरे

पोखरा पन्छी समाजको अध्यक्षमा मनशान्त घिमिरे चयन भएका छन् । समाजको शनिबार सम्पन्न पाँचौं वार्षिक सधारणसभा तथा दोस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा शेषकान्त शर्मा, सचिवमा हेमन्त ढकाल, सहसचिवमा गंगाबहादुर घले, कोषाध्यक्षमा हिराकुमारी मल्ल चयन भएका छन् । कार्यसमिति सदस्यमा कृपा कुमार गुरुङ, पुष्पा तिलिजा पुन, आनन्द बराल र सुनिल पाण्डे चयन भएका छन् । यस अगाडि साधारणसभा एवं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै गण्डकी… पुरा पढौ

समृद्धि महिला समूहमा नयाँ नेतृत्व

पोखरा १७ सीतापाइलामा रहेको समृद्धि सीतापाइला महिला समूहको शनिबार भएको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको अध्यक्षमा सावित्रा पहाडी, उपाध्यक्ष अनिषा बराल, सचिव सुशीला पौडेल, कोषाध्यक्ष कल्पना रेग्मी र सहसचिव सुमित्रा राना छन् । ९ सदस्यीय समिति सदस्यमा भगवती अर्याल, डिलकुमारी शाही, सुनीता नेपाली, जुना खड्गी चुनिए । सँगै भएको समृद्धि टोल विकास संस्थाको विशेष भेलाले रिक्त सचिवमा देवी अधिकारीलाई निर्वाचित गरेको छ ।… पुरा पढौ

गुरुङ र तिमिल्सेनालाई पुरस्कार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ ।पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । यही साउन २० गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ । गुरुङ र तिमिल्सेना पोखरामा २ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । गुरुङ विशेषतः फोटो पत्रकारिता क्रियाशील छन् । तिमिल्सेना रेडियो… पुरा पढौ

लगातारको वर्षात्ले पोखरा १३ मा डुबान

लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो । काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । बस्ती डुवानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उनले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताए ।… पुरा पढौ

सौन्दर्यशास्त्र र फेसन डिजाइनिङ पढाउँदै पोखरा युनाइटेड एकेडेमी

पोखरा युनाइटेड एकेडेमीले पोखरामा पहिलोपल्ट फेसन डिजाइनिङ एवं सौन्दर्यशास्त्र अध्यापन गर्ने भएको छ। एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायिक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको जनाएको छ । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार आफूहरूले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेसन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं