हिमाली साँस्कृतिक परिवारमा नयाँ नेतृत्व

हिमाली सांस्कृतिक परिवारको ११ औं अधिवेशनले फेरि ज्ञानबहादुर थापाको अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति चुनेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्ष श्रीजंग गुरुङ, महिला उपाध्यक्ष मनसुवा नेपाली, सचिव मनबहादुर (माधव) गुरुङ, सहसचिव डबिन गुरुङ, कोषाध्यक्ष महादेव न्यौपाने र सहकोषाध्यक्षमा सबिन गुरुङ छन् ।

परिवारका सदस्यमा ईश्वरी राना, सनबहादुर गुरुङ, टोपबहादुर खत्री (तेज केसी), संगिता आले, वसन्त थापा, युवराज गुरुङ, नितु गुरुङ बी, दिलबहादुर गुरुङ, बिग्नेस थापा, बिक्रम थापा र हेमा परियार चुृनिएका छन् ।

कार्यसमिति चयनका लागि परिवारले मानार्थ सदस्य खेमबहादुर गुरुङको अध्यक्षतामा रुद्रकुमारी मैना गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खेमबहादुर गुरुङले पद तथा गोपानयिताको सपथ गराएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई परिवारका संरक्षक नरबहादुर शेरचन, निर्वाचन समितिका सदस्यहरु रुद्रकुमारी मैना गुरुङ र हुमबहादुर गुरुङ लगायतले बधाई दिए । नवनिर्वाचित अध्यक्ष थापाले परिवारको उद्देश्य प्राप्तिका लागि कार्यसमिति सक्रियताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

सभामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले लोकसंस्कृति राष्ट्रको पहिचान भएकाले यसको संरक्षण र विकासका लागि सबैको ध्यान जानुपर्ने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, सल्लाहकार रुद्रकुमारी मैना गुरुङ, निरज थापा लगायतले बोलेका थिए ।

परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

साधारणसभामा परिवारका सचिव श्रीजंग गुरुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महादेव न्यौपानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेशन पारित भएको छ ।