समाचार

भारतमा दुई वटा सैनिक विमान ठोक्किएर दुर्घटना

भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ। मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ। वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए। एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ… पुरा पढौ

ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । धमला भने कांग्रेसनिकट छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुङ्गो नलागेको बताइन् । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश… पुरा पढौ

प्रमोदको सांगीतिक प्रस्तुतिअघि भागदौड, दर्जनौं घाइते

धनकुटा महोत्सवमा भागदौड हुँदा कम्तप्मा २० जना घाइते भएका छन् । शनिबार साँझ महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुनैलाग्दा भागदौड मच्चिएको हो। करिब ३ हजार क्षमता रहेको धनकुटा बजारको टुँडिखेलमा दोब्बर दर्शकको भिड रहेको थियो । महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुने क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए । घाइतेहरूलाई धनकुटा अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका लागि पठाइएको छ । धेरै भिड… पुरा पढौ

बागलुङ समाज पोखराको सभा

पोखरा, १४ माघबागलुङ समाज पोखराको २२ औं साधारणसभा शनिबार भएको छ । सभाले सचिव नरेश सुवेदीको प्रगति प्रतिवेदन र कोषाध्यष भवानी शर्माको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सामाजिक एकता र सहकार्यबाट नै समाजको विकास हुँदै आएको बताए । उनले देशको समृद्धि, विकास र युगको अपेक्षा पूरा गर्ने दायित्व नागरिकदेखि सरकारसम्म सबैको भएको बताए । समाजका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरु लीला थापा,… पुरा पढौ

अली मियाँ प्रतिष्ठानमा नयाँ समिति

पोखरा, १४ माघअलि मियाँ लोकवाङ्मय प्रतष्ठान पोखराको शुक्रबार भएको अधिवेशनले हनिफ मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिदेवी कोइराला, सचिव पदमराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन रसहसचिव धर्मराज अल्पायु छन् । सदस्यमा लोकचन्द्र खनाल, पदमराज उदासी, सरिता गायक, कृष्णप्रसाद गौतम, समिउन निशा, किरण ओझा, रामबाबु गुरुङ र अम्बिका भण्डारी छन् । कृष्णप्रसाद बास्तोला, भीम रानाभाट र रामबहादुर कोइराला रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको… पुरा पढौ

एपिएफ टाइगर कप भलिबल च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो । पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीले २५–२२ ले जित्यो । तेस्रो सेटमा २५–८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले… पुरा पढौ

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

पोखरा ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सहयोग आउने क्रम सुरु भएको छ । शुक्रबार विहान मात्र हाल जापानमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईले पौडेलको स्मृतिमा स्थापित कोषका लागि १ लाख १ हजार १ रुपैयाँ हस्तातरण गर्ने घोषणा गरेका छन् । पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य पौडेलको निधन भएको १३ औं दिनको… पुरा पढौ

नेबिको मह बजारमा

नेबिको प्रालि हालै नेबिको मह बजारमा ल्याएको छ । १ केजी, ५ सय ग्राम र २ सय ५० ग्राममा नेबिको मह बजारमा उपलब्ध छ । १ केजीको मूल्य ७ सय ५०, ५ सय ग्रामको ४ सय र २ सय ५० ग्रामको २ सय २५ रुपैयाँ छ । आकर्षक बट्टामा बजारमा आएको मह गुणस्तरीय भएको कम्पनीको दाबी छ । नेबिको नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो । पुरा पढौ

गामामा सन्तोषकुमारको नेतृत्व

गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसन(गामा)को १४ औं अधिवेशनले सन्तोषकुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा योगेन्द्रराज भण्डारी, उपाध्यक्ष कृष्णबहादुर खाँड, महासचिव विष्णुप्रसाद अधिकारी, सचिव हिमाल तिमिल्सिना, कोषाध्यक्ष अर्जुनप्रसाद उप्रेती, सहकोषाध्यक्ष लीलबहादुर सुनार छन् । सदस्यमा एकबहादुर बानियाँ, जगन्नाथ गर्तौला, नवराज सुनार, हुमराज भण्डारी, जिरजोधन बैठा, सन्तोष राउत कुर्मी, निहाल अन्सारी, जयप्रकाश शर्मा छन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अटो मेकानिकल व्यवसायलाई व्यवस्थापन… पुरा पढौ

प्रतिनिधिसभाको उपसभामुखमा राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उहाँलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं