Featured News

गोरखा-२ बाट मैले उम्मेदवारी दिनुका प्रमुख ५ आधार

१. बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न। २. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न। ३.जेन-जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक… पुरा पढौ

ईश्वर पोखरेलले पाए काठमाडौं ५ बाट टिकट

नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्। सोमबार टुंगो लागेको हो । नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए। ‘पार्टीका सबैसँग सल्लाह भयो, पार्टी नेतृत्व पङ्तिबाट पनि चुनाव उठ्न नै सुझाव आयो, त्यसअनुसार म चुनाव उठ्ने भएँ,’ उनले भने। गएको महाधिवेशन उनको प्यानलबाट प्रतिस्पर्धा गरेका धेरैले यसपालि टिकट पाएका छैनन् । पुरा पढौ

बागलुङ २: नेकपा किल्ला जोगाउन ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी मैदानमा

बागलुङ । संसदीय राजनीतिको केन्द्र मानिने बागलुङ क्षेत्र नम्बर २ मा यसपटक चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बलियो संगठन रहेको मानिने यस क्षेत्रमा युवा र प्रभावशाली नेता ज्ञामनाथ गैरे ‘अनिल’लाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेसँगै राजनीतिक बृतमा तरंग पैदा भएको छ । नेकपा नेता राजिव घिमिरेका अनुसार, आइतबार बसेको पार्टीको बैठकले गैरेलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि जिल्ला… पुरा पढौ

एमालेमा टिकट वितरणः ईश्वर टिमका धेरैको हात रित्तै

एमालेको शनिबार भएको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार छान्यो । एमालेको ११ औं महाधिवेशनमा नेता ईश्वर पोखरेल समूहबाट अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताले यो पटक टिकट पाएका छैनन् । ओलीको टिमसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट यकिन नगरी अध्यक्षलाई अधिकार दिइएको छ । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलकै टिकट यकिन भएको छैन । काठमाडौं ५ बाट चुनाव उठ्दै आएका ईश्वरको क्षेत्रमा उम्मेदवार तोक्न बाँकी छ ।… पुरा पढौ

कास्कीमा एमालेले छान्यो उम्मेदवार, युवा, जनजाति र महिला परेनन्

नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ मा वैनबहादुर क्षेत्री अधिकारी, २ मा कृष्ण थापा र ३ मा दामोदर बैरागीलाई टिकट दिएको छ । यसअघि प्रतिनिधिसभाका तीनै क्षेत्र जितेको एमालेका लागि यसपालिको जित चुनौतीपूर्ण हुने टिप्पणी भइरहेको छ । क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अधिकारी एमाले कास्की अध्यक्ष हुन् । उनी पहिलो पटक संसदीय निर्वाचन लड्दै छन् । कास्की २ मा टिकट पाएका थापा एमाले केन्द्रीय सदस्य हुन् । उनी… पुरा पढौ

एमालेका उम्मेदवार : को- कहाँ ? (सूची)

यी हुन् एमालेका उम्मेदवार : को कहाँ ? सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्ट५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा२. वचनबहादुर सिंह३. दीपक भट्ट अछाम १. झपटबहादुर बोहरा२. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी डडेल्धुरा १. चक्र स्नेही बझाङ १. अफिलाल ओखेडा बैतडी १. दामोदर भण्डारी दार्चुला १. गणेशसिंह ठगुन्ना कर्णाली प्रदेश सल्यान १. गुलाबजंग शाह रुकुम पश्चिम १. नन्दराम… पुरा पढौ

टिकट बाड्न कांग्रेसले बनायो संसदीय बोर्ड, देउवा पक्ष सर्वाेच्च जाने

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवार चयन गर्नेछ। उपसभापति विश्वप्रकाश शर्माले १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिने बताए । कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको संसदीय बोर्ड गठन गरेको हो। अहिले संसदीय बोर्डमा १३ सदस्य छन्। यता, देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै त्यस विरुद्ध सर्वाेच्च… पुरा पढौ

झापा ५ केपी: ओली, रञ्जित र बालेनको भीडन्त !

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा ५ मा नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले झापा ५ बाट चुनाव लड्न रञ्जित तामाङलाई टिकट दिएका हुन्। तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। उनले आफूले झापाबाट चुनाव लड्नका लागि टिकट प्राप्त गरेको जनाएका छन् । ु झापा ५ पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो। यसपालि… पुरा पढौ

वैशाखमा नियमित महाधिवेशन गर्छाैं, म सबैको सभापति बनेँः गगन

कांग्रेस सभापति गगन थाापाले निर्वाचन आयोगले आफू नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि सबैलाई समेटेर अघि बढ्ने जनाएका छन् । उनले आयोगको निर्णयपछि भनेः यसलाई अत्यन्त स्वाभाविक र सकारात्मक रूपमा लिएको छु। विधिसम्मत निर्णयलाई सबैले मान्नुपर्ने जनाउँदै उनले विशेष महाधिवेशन पार्टी फुटको विषय होइन, केवल नेतृत्व परिवर्तनको एउटा लोकतान्त्रिक प्रक्रिया भएको बताए । निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीले सधैँ अभिभावकीय र सम्मानजनक व्यवहार गर्ने सुनाउँर्द उनले भनेः हामीले उहाँलाई विश्राम लिन अनुरोध… पुरा पढौ

चुनावमा मतदान अधिकृतका काम यस्ता छन्

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं