Featured News

संघर्षको अर्को नाम कमरेड रुचि 

गाउँमा केही अपरिचित मान्छेहरू आए। अपरिचित मान्छेहरू देखेपछि जो–कोही बच्चाहरू पनि रमाइलो मान्छन्। गोमालाई पनि रमाइलो लाग्यो। चुलबुले स्वभावकी गोमा नाच्न–गाउन पनि सिपालु थिइन्। रेडियोमा बासुदेव मुनालले चलाउने बालकार्यक्रम नबिराई सुन्थिन्। गीत–कविता भनेपछि हुरुक्कै हुन्थिन्। छिमेकीमा डुल्दा पनि गीत गाउँदै डुल्ने गोमाको स्वभाव ती अपरिचित मान्छेहरूलाई मन पर्‍यो। लमजुङको भलायखर्क गाउँमा माओवादीको राम्रै प्रभाव थियो। रातिराति गाउँमा गोष्ठीहरू हुने गर्थे। हतियार उठाएर जनयुद्ध सुरु गरेको माओवादीले बालबालिकालाई पनि रचनात्मक कार्य… पुरा पढौ

जहाँ एकसाथ दौडिँदै छन् १० हजार धावक

आगामी फागुन २ गते शनिबार हुने २०औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ विधामा प्रतिस्पर्धा हुने भएको छ । हरेक वर्ष फागुन पहिलो साताको शनिबार आयोजना हुँदै आएको पोखरा म्याराथनको यसपालिको संस्करणको तयारी पूरा भएको छ । यसपालि म्याराथनतर्फ प्रथम हुनेले चार लाख, द्वितीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सबै विधामा गरी १९ लाख ८९ हजार पुरस्कार रकम दिइने आयोजक आयोजक… पुरा पढौ

कास्की २ः जहाँ कोही ढुक्क छैनन्, बहुपक्षीय टक्कर

अहिले पोखरा महानगरका मुख्य बजार क्षेत्रका वडाहरु पर्ने कास्की क्षेत्र नम्बर २ को भूगोल बेला बेलामा फेरबदल भइरह्यो । जिल्लालाई कहिले तीन क्षेत्र त कहिले चार क्षेत्रमा विभाजन गरियो । सङ्घीयतापछि तीन क्षेत्र बनेको कास्की क्षेत्र नम्बर २ मा तीन चुनाव भइसकेका छन् । ती सबै निर्वाचनमा यहाँ एमाले उम्मेदवारले जित हाँसिल गरेका थिए । त्यसअघि यो क्षेत्रका अधिकांश भूभाग क्षेत्र नम्बर ३ मा थिए । सो अवधिमा पनि एमालेले… पुरा पढौ

उम्मेदवारले कति वटा गाडी प्रयोग गर्न पाउँछन् ?

निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविधि जारी गरिएको हो । आयोगबाट यही माघ २० गते स्वीकृत कार्यविधिअनुसार राजनीतिक दल, उम्मेदवार वा… पुरा पढौ

गण्डकीमा राइड सेयरिङलाई वैधता, के के छन् प्रावधान ?

गण्डकी सरकारले नेपालमै पहिलो पटक प्रदेशभरी राइड सेयरिङलाई वैधता दिएको छ । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ मा संशोधन गरी यसलाई कानुनी मान्यता दिइएको हो । माघ ४ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नियमावलीको पहिलो संशोधन प्रमाणित भई राजपत्रमा प्रकाशित हुने क्रममा छ । सङ्घीय सवारी तथा यातायात व्यवस्थापन ऐन नआउँदा यो नियमावलीले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा १३ टेकेको छ… पुरा पढौ

४ निवर्तमान मन्त्रीः हिजो ढाँटको खेती, आज मतको खोजी

शनिबार शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन मंगलबार म्याग्दी पुगे । आविष्कार केन्द्र चलाएर उदाहरणीय काम गरेका पुन फेरि पुरानै काममा फर्किएको धेरैको अनुमान त्यति बेला फेल भयो, जब उनी निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराए । स्वतन्त्र उम्मेदवारी दिएका पुन निर्वाचनमा होमिएका छन् । आइतबार खेलकुद मन्त्री बब्लु गुप्ता र सोमबार सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । त्यसअघि नै राजीनामा दिएका कुलमान घिसिङ… पुरा पढौ

६८ पार्टी र स्वतन्त्र गरी ३४८४ उम्मेदवार मैदानमा

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो । जसमा ३ हजार ८८ पुरुष र ३९५ महिला रहेका छन् । फागुन २१ मा १६५ सीटका लागि निर्वाचन हुँदैछ । मंगलबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने… पुरा पढौ

दाङ १ : नेकपाका मेटमणिविरुद्ध कुलप्रसाद बागी

नेकपा नेता कुलप्रसाद केसीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट बनेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसीले स्वतन्त्र उम्मेदवारी दिएका दिएका हुन् । आफ्नै पार्टीबाट बागी परेपछि मेटमणिलाई चुनाव जित्न सकस पर्ने देखिन्छ । मेटमणि साविक एकीकृत समाजवादीका नेता हुन् भने केसी साविक माओवादी केन्द्रका नेता हुन् । पुरा पढौ

नेकपाका लेखनाथ दाहालविरुद्ध बागी उठे महेश्वर

सिन्धुलीको क्षेत्र नं २ मा नेकपा उम्मेदवार लेखनाथ दाहालविरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता तथा पत्रकार महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् । नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, विनोद विकसहित महेश्वरको साथमा थिए । जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरीत पार्टी केन्द्रले लेखनाथ दाहाललाई टिकट वितरण… पुरा पढौ

प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गर्दा के के चाहिन्छ ?

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् । यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ । आयोगले उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहित आउन अपिलसमेत गरेको छ । निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं