Featured News

यसै वर्षभित्र पोखरामा भूमीगत तारबाट बिजुली र इन्टरनेट

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको पोखरा खण्डमा अहिलेसम्मको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्मको छ लेनको सडकमा न बिजुलीका पोल छन्, न इन्टरनेटका तार । पृथ्वी राजमार्गको यो खण्डमा विद्युत प्राधिकरणले भूमिगत तारबाट घरघरै बिजुली जोडिदिएको छ । यो आर्थिक वर्षभित्र राजमार्ग, पूरै लेकसाइड र मुख्य बजारका धेरैजसो भागमा भूमिगत तारबाट बिजुली पु¥याउने लक्ष्यसहित काम भइरहेको छ । आयोजना प्रमुख इन्जिनियर आनन्द… पुरा पढौ

कांग्रेसमा विभाजनः कसको होला नाम र चुनाव चिह्न ?

नेपाली कांग्रेस विभाजनसँगै वैधानिकताको लडाइँ सुरू भएको छ। अब कांग्रेसको वैधानिकलाई लिएर कानुनी झमेला र दाउपेच सुरू हुने निश्चित छ । सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय गगन थापा र सहमहामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरेर विवरण अद्यावधिकका लागि निर्वाचन आयोग पुगेको छ । विशेष महाधिवेशन पक्षधर पनि आफू आधिकारिक पक्ष रहेको भन्दै आयोग पुगेको छ । महाधिवेशन पक्षधरले मंगलबार नै चार दिनदेखि जारी कार्यक्रमबारे जानकारी गराइसकेको छ। दुवै पक्षले… पुरा पढौ

विशेष महाधिवेशनबाट गगन बने कांग्रेस सभापति

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति अनुसार पार्टीको सभापतिमा गगन थापा चयन भएका छन् यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तैमहामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् । महाधिवेशनबाट कांग्रेसले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ… पुरा पढौ

लामेआहालको ल्यान्डफिल भरियो, अब फोहोर कहाँ लैजाने ?

सोमबारदेखि पोखरा महानगरको फोहोर उठ्न सकेको छैन । वडा नम्बर ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर लैजान बन्द गरिएको छ । तीन दिनदेखि फोहोर सडक किनारमै थुप्रिएको छ । स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि वडा नम्बर १४, बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट बन्द गरिएको थियो । विमानस्थलको दुई किलोमिटरमा रहेको ल्यान्डफिल बन्द गरी अस्थायी रुपमा… पुरा पढौ

रविलाई सुशीलाको उपहारः संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् । ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले… पुरा पढौ

विशष महाधिवेशन पक्षले भन्योः सहमतिका ८ बुँदा यी हुन्

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ । प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेलगायत छन् । यस्ता छन् बुँदाहरू कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्नेविशेष महाधिवेशनको स्वामित्व लिनुपर्नेप्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्नेचुनावी गठबन्धन कुनै पनि दलसँग नगर्नेटिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्नेनिर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्नेउम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउनेविशेष महाधिवेशनमा… पुरा पढौ

केले रोकेको छ पोखरा–मुग्लिन सडक विस्तार ?

सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ४२ सहित ५२ विद्युतीय खम्बा सार्न बाँकी रहेको बताउनुभयो । “सडक क्षेत्रभित्र पर्ने खानेपानी पाइप स्थानान्तरणको काम पनि सुस्त गतिमा भइरहेको छ, रुख कटान… पुरा पढौ

एकीकृत नै नभई छुट्टिए रवि-कुलमान, कुलमान बने उनेपा अध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिच हुने भनिएको पार्टी एकता आज (शनिबार) भाँडिएको छ । रास्वपाले एकता भाँडिनुको मुख्य कारण उनेपा संरक्षक कुलमान घिसिङले राखेका विभिन्न अडान रहेको दाबी गरेको छ । पुस १४ गते १२ दिनअघि सुरु भएको एकताको पहल विभिन्न चरणमा छलफल भए पनि अन्ततः दुई दल एक हुन नसकेपछि आ–आफ्नै ढङ्गले अघि बढ्ने तयारीमा लागेका छन् । रास्वपाको दाबी अनुसार उनेपाका संरक्षक कुलमान… पुरा पढौ

चुनावलाई भर्ना गरिँदैछ १ लाख ३९ हजार निर्वाचन प्रहरी

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो । निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा… पुरा पढौ

राष्ट्रिय सभाका १८ पदमा ४४ उम्मेदवार

२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । नेकपा (एमाले) बाट रोशनी मेचे (कोशी), सोमनाथ पोर्तेल (कोशी), रेखा कुमारी झा (मधेस), प्रेम प्रसाद दंगाल (बागमती), सम्झना देवकोटा (गण्डकी), रामकुमारी झाँक्री (लुम्बिनी), मीनासिंह रखाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं