नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्। सोमबार टुंगो लागेको हो ।
नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए। ‘पार्टीका सबैसँग सल्लाह भयो, पार्टी नेतृत्व पङ्तिबाट पनि चुनाव उठ्न नै सुझाव आयो, त्यसअनुसार म चुनाव उठ्ने भएँ,’ उनले भने।
गएको महाधिवेशन उनको प्यानलबाट प्रतिस्पर्धा गरेका धेरैले यसपालि टिकट पाएका छैनन् ।




