Featured News

प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुभएको हो । उहाँलाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छन्तु विमानस्थलबाट बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड अमेरिका पछि आठ दिनको चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कनु भएको हो । संयुक्त राष्ट्रसङ्घको ७८… पुरा पढौ

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

पोखराको मणिपाल शिक्षण अस्पतालमा गत ८ गते भएको तोडफोडमा संलग्न भएको आरोपले थप ७ जनालाई पक्राउ परेका छन् । शुक्रबार राती न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान गरिने उनले बताए । यसअघि मृतकका आफन्त मालेपाटनका विनय… पुरा पढौ

पर्वतीय संग्रहालयमा पर्यटन दिवस

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरक फरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शनी हुने भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकापसमा… पुरा पढौ

फेवातालः पछि दर्ता भएका जग्गाको मुआब्जा दिनु नपर्ने सर्वाेच्चको ठहर

कास्कीको चर्चित र पर्यटकीय केन्द्र फेवातालको मापदण्ड निर्माण र मुआब्जाबारे सर्वाेच्चले व्याख्या गरिदिएको छ । ०३१ सालसम्म फेवाको जग्गा र मुआब्जाबारे कुनै विवाद नरहेको जनाउँदै सर्वाेच्चले फेवाको बाँध फुटेपछि दर्ता भएका जग्गालाई अहिले तालको मापदण्ड कायम गर्दा हटाउन क्षतिपूर्ति दिन नपर्ने यकीन गरेको हो । वर्खायामको उच्चतम पानीको बिन्दुबाट ६५ मिटर मापदण्ड कायम भई त्यसभित्रका भौतिक पूर्वाधार हटाउन अदालतले भनेको छ । ०३१ सालसम्म ताल कायम रहेको जग्गालाई तालकै मान्नुपर्ने… पुरा पढौ

कास्कीका सबै अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द

मणिपाल शिक्षण अस्पतालमा सोमबार भएको घटनापछि मङ्गलबारबाट कास्कीका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । मणिपालमा एक बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले अस्पताल तोडफोड र चिकित्सकमाथि हातपात गरेका थिए । सँगसँगै शिक्षण अस्पतालमा रहेका इन्टर्न चिकित्सकसमेत झडपमा उत्रिएपछि सोमबार रातिसम्म स्थिति तनावगस्त रह्यो । मणिपालका निर्देशक कृष्णमोहन श्रेष्ठले आफूहरु वार्ताकै माध्यमबाट तनाव साम्य गर्न लागिपरेको जनाए । नेपाल चिकित्सक संघ गण्डकीका कार्यवाहक अध्यक्ष डा सुनील… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय उडान र कोरला खुल्ने आश

भदौ १५ गते पोखरामा भएको सन्देशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाका छिट्टै खुलाउन प्रयास गर्ने बताएका थिए । सँगसँगै पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडानबारे पनि केही न केही निर्णय हुने उनको आश्वासन थियो । प्रधानमन्त्री दाहालको चीन भ्रमणमा शनिबार पुगेका छन् । प्रधानमन्त्रीलाई पोखराका पोखराका उद्यमी, व्यवसायीले भ्रमणमा समेटिनुपर्ने एजेन्डा सुझाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र कोराला… पुरा पढौ

फिर्केमाथि नै छन् बोर्डिङ, स्कुल र कलेजका भवन

फिर्केखोलाको खोलाघर नापजाँचसम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको छ । फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन २०८० प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्निा ना–१८ छन् । फिर्केको खोलको बहाव क्षेत्र… पुरा पढौ

संस्कृति मन्त्री भन्छन्ः फेवातालमा क्रुज डिनर चलाऔं

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको पर्यटन विकासका लागि संस्कृति र प्रकृतिको संयोजन गर्नुहुँदै नयाँ कदम चाल्नुपर्ने बताएका छन् । मन्त्री किरातीले फेवातालमा क्रुज डिनर चलाउनुपर्नेमा जोड दिए । उनी भन्छन् । “यो आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्छ । विदेशमा त पहिल्यै यस्तो भएकै छ ।” साँझ ७ देखि ९ बजेसम्म यस्तो पार्टी गर्न सकिने उनको भनाइ छ । शनिबार पोखरामा पत्रकारमाझ उनले भने, “नेपाल अथाह… पुरा पढौ

वन ऐन बन्यो, आम सञ्चार सदनमा

गण्डकी प्रदेशसभाको बिहीबारको बैठकले वन विधेयक पारित गरेको छ । मन्त्रिपरिषद्को २४ साउनमा बसेको बैठकले पास गरेको गण्डकी प्रदेशमा वनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सोही दिन प्रदेशसभामा दर्ता भएको थियो । साउन ३० गते सदनमा प्रस्तुत विधेयक त्यसको भोलिपल्ट दफावार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइएको थियो । बिहीबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले अर्थ तथा विकास समितिको १३ बुँदे प्रतिवेदनसहितको विधेयक पेश गरेका हुन्… पुरा पढौ

गण्डकी सरकारका प्रतिष्ठान, आयोगको मूल्यांकन गर्न कार्यदल

गण्डकीमा प्रदेश सरकार मातहत रहेका बोर्ड, आयोग, प्रतिष्ठान लगायतको भूमिका र आवश्यकता मूल्याङ्कन गर्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ। नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा अर्का पूर्व सचिव महेश्वरनरसिंह केसी र अच्यूत लामाछिने सदस्य छन् । कार्यदलले गण्डकी प्रदेशका संरचना, ती संरचनाका लागि आवश्यक जनशक्ति, पदपूर्ती, आवश्यकता लगायतका पक्ष विश्लेषण गरी सुझाव दिनेछ। मङ्गलबार भएको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं