Featured News

मोबाइल चोर्नेलाई २२ दिन जेल

जिल्ला अदालत कास्कीले एक जनालाई मोबाइल चोरीको अभियोगमा २२ दिन जेल सजाय सुनाएको छ । कास्की जिल्ला अदालतले शुक्रबार अन्नपूर्ण ७ का दिपेश श्रेष्ठलाई जेलसहित जरिवाना हुने फैसला सुनाएको हो । २२ दिन कैद, दुई हजार जरिवाना र बिगो एक हजार सात सय २० रुपैयाँ तथा पीडित राहात कोष दुई सय बुझाउनुपर्ने फैसला भएकोमा जरिवाना बुझाउन नसक्दा दिपेश जेल चलान भएका हुन् । उनलाई शुक्रबार प्रहरीले अभियोग पत्रका साथ अदालत… पुरा पढौ

१५ सामुदायिक स्कुललाई महानगरले दियाे बस

पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट स्थित श्री कालिका माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो । सामुदायिक विद्यालयहरूको सबलीकरण सहित सुविधायुक्त बनाउने र शिक्षण सिकाइ क्रियाकलापहरूलाई उपलब्धिमूलक बनाउन यस प्रकारका गतिविधिहरू प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि महानगरले १७ बुँदे निर्देशन सहित सबै विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको उहाँले स्मरण गराउनुभयो । सुविधा… पुरा पढौ

४५ वर्षअघि पनि पोखरा आउनुभएको थियो गुटेरेस

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार दिउँसो पुम्दीकोटबाट पोखरा उपत्यका, हिमाल र फेवाताल नियाल्नुभएको छ । सोमबार दिउँसो पोखरा आईपुग्नु भएका महासचिव गुटेरेसको यो दोस्रो पोखरा भ्रमण हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग महासचिव गुटेरेसले सन् १९७८ मा आफूले भ्रमण गर्दाको पोखराको सम्झना गर्नुभयो । महासचिव गुटेरेस विद्यार्थी हुँदा पोखरा भ्रमणमा आउनुभएको थियो । महानगर प्रमुख आचार्यसँग उहाँले पुम्दीकोटबाट देखिने हिमालहरुको उचाइबारे समेत जानकारी लिनुभएको छ । मेयर… पुरा पढौ

रामघाटको परम्परागत घटनजिकै विद्युतीय शवदाह गृह

पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह तयार भएको छ । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा शवदाह गृह बनाएको हो । गएको भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृहको शुक्रबार परीक्षणसमेत भएको छ । एक महिना जति परीक्षणका रुपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ । शुक्रबार दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको हो । संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर सुरज पौडेलले परीक्षण सकिनेबित्तिकै शवदाह… पुरा पढौ

गुटेरेसको भ्रमणः आज पाेखरा, भाेलि एबिसी, यस्तो छ २ दिने कार्यक्रम

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा आउँदै छन् नेपाली सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थलमा अवतरणपछि उनी सिधै फिस्टेल लजतर्फ जाने छन् । पोखराका लागि १ः२० मा काठमाडौँबाट प्रस्थान गरेका महासचिव गुटेरेस १ः५० मा पोखरामा अवतरण हुने छन् । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले विमानस्थलमा स्वागत गर्ने छन् । विमानस्थलबाट कारगेडमा उनी फेवाताल पारी रहेको फिस्टेल… पुरा पढौ

फिर्के अतिक्रमण गर्ने संरचना ३५ दिनभित्र हटाउन निर्देशन

फिर्केखोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले सूचित गरेको छ । फिर्केखोलाको बहाव क्षेत्र (खोलघर) भित्र बनेका संरचना हटाउन महानगरले शुक्रबार ३५ दिने सूचना जारी गरेको हो । सूचनामा खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु पूर्ण रुपमा ३५ दिनभित्र हटाउन भनिएको छ । महानगरवाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी यकिन गरेको खोलाघरभित्र अस्थायी र स्थायी गरी एक सय ६० संरचना छन् ।तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका… पुरा पढौ

मुस्ताङ बहुआयामिक ठाउँ हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्ने दायित्व विश्व समुदायकै साझा भएकोमा जोड दिनुभएको छ । बुधबार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आयोजना गरेको जलवायु संवादमा प्रधानमन्त्रीले आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष… पुरा पढौ

इजरायलबाट फेरि १९ जनाको उद्धार

इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरी स्वदेश फर्काउन आग्रह गरेपछि १९ जनालाई पुनः ल्याइएको छ । इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मङ्गलबार राति ल्याइएको हो । भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १९ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उनीहरू मङ्गलबार बिहान इजरायलको स्थानीय समय अनुसार बिहान ९ बजे उडेका थिए । उहाँले भन्नुभयो, “इजरायलमा श्रमिकका रूपमा कार्यरत १९ जनाले नेपाल फर्किन निवेदन दिनुभएको थियो ।… पुरा पढौ

कर्मचारी पेन डाउन गर्दै धर्नामा: स्थानीय तहको सेवा ठप्प

राम प्रसाद घिमिरे संघीय निजामती विधेयकले स्थानीय तहका कर्मचारीका माग सम्बोधन नगरेको भन्दै देशभरका स्थानीय तहका कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिएका छन । संघिय निजामति विधेयकमा स्थानिय तहका कर्मचारीहरुको माग संवोधन गरिनुपर्ने दवाब स्वरुप कर्मचारीहरु सशक्त आन्दोलनमा उत्रिएका हुन । २ हप्ता अगाडिदेखि प्रारम्भिक चरणका दबाबमूलक कार्यक्रम घोषणा गरेका कर्मचारीहरुले शुक्रबारदेखि देशभरका स्थानीय तहहरुमा धर्ना सँगै पेन डाउन गर्दा सेवा प्रवाह ठप्प भएको छ । जनताको सबैभन्दा नजिकको सरकार मानिने स्थानीय… पुरा पढौ

शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ । राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं