ताजा समाचार

सम्पादकीय

सिकिस्त मधेसलाई माया गरौं

समुद्रले छुँदै नछोएकाले वैदेशिक व्यापारमा हामीलाई अनेकौं वाधा छन् । ती व्यवधान कम गर्न सम्भव छ तर निर्मुल गर्न सम्भव छैन । समुन्द्र टाढा हुँदाको फाइदा सामुन्द्रिक आँधीको त्रास हामीकहाँ हुँदैन । तर, असिना, पानीसहित आएको हावाहुरीले प्रदेश २ मा भयानक विपत्ति निम्त्याएको छ । देशको मुटुमै चोट लागेको छ । मुटुको आलो घाउको पीडा शरीरभरि फैलिँदो छ । आइतबार साँझको ज्यानमारा हुन्डरीमा परी आइतबार मध्य रातसम्म २५ बढीको मृत्यु… पुरा पढौ

विप्लवको नेकपालाई कमजोर नआकौं

नेत्रविक्रम चन्द विप्लव टेक नामझैं विप्लव निम्त्याउने तारमत्यमा छन्, औपचारिक घोषणाबिना नै उनको पार्टीको व्यवहारले यस्तो प्रमाणित गरेको छ । विप्लव केही वर्षअघिका आफ्नै सुप्रिय कमान्डरको विरुद्ध करिब युद्धको तयारीमा भएको बुझिन्छ । सत्तामा रहेको नेकपाका २ अध्यक्षमध्ये पुष्पकमल दाहाल विप्लवका सुप्रिय कमान्डर थिए लामो समय । उनकै कमाउन्डमा विप्लव जनयुद्धमा सामेल भएका थिए । अहिले तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको सरकार छ । उनीहरुलाई सबैभन्दा ठूलो… पुरा पढौ

ज्ञानेन्द्रलाई स्वागत, राष्ट्रपतिको निन्दा !

ज्ञानेन्द्र शाहको जीवन अनौठो छ । उनी जीवनमा २ पटक राजा भए, दुवै पटक हटाइए । दुवै पटक अप्रत्यासित विपत्तिपछि उनको माथमा श्रीपेच आएको थियो । २००७ मा हजुरबुबा त्रिभुवन सपरिवार भारतको शरणमा जाँदा उनी संजोगले नेपालमै छुटे । नाबालक ज्ञानेन्द्र सञ्जोगले नै राजा बने । राजा वीरेन्द्रको परिवारसहित एकैपटक रहस्यमय तवरले वंशनाश भएपछि फेरि उनी सिंहासनमा पुगेका थिए । यी सञ्जोगी शाहलाई सोमबार पोखरामा केही मानिसले राजाकै रुपमा जयजयकार… पुरा पढौ