फागुन ८ गते २०७६

ताजा समाचार

फागुन ८ गते २०७६

बास्कोटालाई बर्खास्त गर



सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा विवादमा मुछिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमै बस्ने बास्कोटा निसन्देह ओलीका विश्वासपात्र हुन् । उनले सेक्युरिटी प्रेस किन्ने विदेशी कम्पनीका प्रतिनिधिसँग कमिसनको डिलिङ गरेको अडियो सार्वजनिक भएको छ । यसअघिका उनका सार्वजनिक गतिविधि पनि सरकारका प्रवक्तालाई सुहाउने खालका थिएनन् । विपक्षी, सञ्चारमाध्यम, पत्रकार र अन्य पक्षलाई अनेक लाञ्क्षना लगाउने र हियाएर बोल्ने बास्कोटाले सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेलेका छन् ।

धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसका लागि सुरुमा स्वीस कम्पनीलाई ठेक्का दिन लागिए पनि पछि जर्मन कम्पनीलाई दिने तय भएको थियो । आफूले ठेक्का नपाएपछि स्विस कम्पनीले यो अडियो सार्वजनिक गरेको देखिन्छ । बिहीबार लेखा समितिले जर्मन कम्पनीलाई ठेक्का दिने भएपछि स्विस कम्पनीले अडियो सार्वजनिक गरेको देखिन्छ । कमिसन दिएरै भए पनि बिजनेस गर्ने विदेशी कम्पनीको दोष त छँदै छ, देशकै मन्त्रीले त्यस्ता कम्पनीसँग कमिसनको डिल गर्नुले स्वाभिमानी नेपालीको शिर निहु¥याईदिएको छ । बास्कोटाले नैतिकताको आधारमा राजीनामा सर्वाेत्तम हुन्छ ।

उनको राजीनामापछि यो मामिलाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गरिनुपर्छ । नेपालमै इपासपोर्ट छपाइ गर्न सेक्युरिटी प्रेस ल्याउन लागिएको हो । स्विस कम्पनीले २८ अर्बमा बिल्डिङसहित प्रेस बनाइदिने भने पनि कमिसनमा कुरा नमिलेर अर्काे कम्पनीलाई ४० अर्बमा ठेक्का लिन लागिएको थियो ।

पासपोर्टकै कारण केही वर्षअघि नेपालीले धेरै हैरानी खेपेका थिए । समृद्धि र विकासको नारा लिएको सरकारकै प्रवक्ता कमिसनमा मुछिनु विडम्बनापूर्ण हो । यसअघि सरकारी तवरबाट स्थापित अधिकांश ठूला उद्योग र संस्थानहरु यस्तै कमिसन, अनियमितता र राजनीतिको चक्करमा बन्द भएका छन् । केही धिकिधिकी भएर चलिरहेका छन् । सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा मुछिएपछि राजीनामा गराएको नेकपाले बास्कोटालाई संरक्षण गर्नु हुँदैन । सत्तरुढ नेकपा र सरकारले बास्कोटलाई कारवाही गरी पारदर्शिता, सुशासन र जनतामा विश्वास सञ्चार गर्न भूमिका निर्वाह गर्नुपर्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।