अर्थ, वाणिज्य

तनहुँमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण शुरु

 पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण शुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेशन बनाउन लागिएको हो । सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण शुरु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । चार्जिङ स्टेशनका लागि वन कार्यालयले रु पाँच लाख अनुदान सहयोग गरेको छ । वन तथा वातावरण… पुरा पढौ

ईट्रान्सपोर्टेसन २ वर्षमा

नेपालको ढुवानी ब्यवसायलाई स्मार्ट बनाउन सुरु गरिएको ई(ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ। इ ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिसु को सेवा दिँदै आएको छ। बेलायतमा आइटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक बर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायात ब्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले ई(ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका हुन्। पहिलो एक बर्षमा ४ हजार ५ सय ३६ ट्रक र… पुरा पढौ

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो। बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ। अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ। पुरा पढौ

औषधि घरमा, फोनकै भरमा

'औषधि घरमा, फोनकै भरमा' नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अनलाइन फार्मेसी इजी केयर (eazycare.ml)ले लकडाउनमा पनि हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा आफ्नो सेवालाई निरन्तरता दिएको छ। काठमाडौ उपत्यकाको रिङरोडको पन्ध्र किलोमिटर बाहिर सम्म नि:शुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए। बिहान नौ बजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी गरिने बताइएको छ। जीवन रक्षाका अत्यावश्यक औषधिको इमर्जेन्सी… पुरा पढौ

आगामी बजेट कार्यान्यन र मौद्रिक नीतिमाथि छलफल

बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआइसी रिसर्च ल्याबले शनिबार नेपालको २०७७्र७८ को बजेट र यसको कार्यन्वयनका लागि आवश्यक मौद्रिक नीतिबारे छलफल आयोजना गरेको छ । जुम सफ्टवेयरको माध्यमबाट भएको छलफलमा नेपाल राष्ट्र बैँकका वरिष्ठ अर्थशास्त्री नरबहादुर थापा, साउथ एसियन ईन्स्टिट्युट फर पोलिसी एनालाइसिस एण्ड लिडरशिपका निर्देशक डा दधी अधिकारी, चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजू भरतपुर चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन एशोशिएशन अफ इन्डस्ट्रिज भरतपुरका उपाध्यक्ष युगराज ओस्ती र… पुरा पढौ

अध्यक्षले बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित

झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ। गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजारको वार्षिक बजेट पारित भएको जानकारी दिए। उनले यही असार १० गते गाउँपालिकाको सभाहलमा सातौं गाउँसभा शुरु भएलगत्तै अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन सभा छाडेर बाहिरिनुभएपछि गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६… पुरा पढौ

विपन्न महिलाको बिमा गर्दै टेवान

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पोखरामा रहेका विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ । पोखराका फुटपाथ तथा डोकोमा बोकेर फलफूल, तरकारी व्यापार गर्ने १९ महिलाको बिहीबार सामूहिक कोरोना बीमा गरेको हो । टेवान र बीमा कम्पनी एनएलजी इन्स्योरेन्सबीच बिहीबार सम्झौता भएको छ । कम्पनीका प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बीमा लागु हुने छ । आगामी चैतसम्म पीसीआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले एक… पुरा पढौ

संस्थागत सुशासन र जवाफदेहीता

नेपालमा विभिन्न कम्पनी तथा संस्थाहरु सर्वसाधारणको निक्षेत तथा लगानीमा स्थापना भएका छन् । सर्वसाधारणको लगानीको सुरक्षण गर्नु उनीहरुको मुख्य दायित्व हो । संस्थामा हुने सानो विचलन र समस्याले समेत सर्वसाधारणको ठुलो लगानीमा उच्चतम जोखिम आउने गर्दछ । यसर्थ स्थापना भई सञ्चालनमा रहेका संस्थाहरुको नियमन सुक्ष्म रुपमा गर्नु पर्ने आवश्यकता देखिन्छ । संस्थाका नियमाकीय निकायहरुले संस्थागत सुशासनमा कुनै आँच नआउने गरी नियमन गरी रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा… पुरा पढौ

महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल

पोखरा महानगरको केन्द्र महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण हुने भएको छ । महानगरले आगामी आर्थिक वर्षमा यसको काम सुरु गर्न १ करोड ४० लाख बजेट बिनियोजन गरेको छ । महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै निर्माणाधीन योजना सम्पन्न गर्न ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट छ । बुधबार सार्वजनकि बजेटमा चालु आवमा काम सुरु गरिएका मोटरेबल पुलहरु भोटीखोला, घोरकुना, फिर्के खोला, स्यानीखोला,… पुरा पढौ

महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग

पोखरा महामनगरले महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग स्थापना गर्ने भएको छ । महानगरपालिका र यहाँका सहकारीसँगको साझेदारीमा विशिष्टिकृत संस्था स्थापना गरी कोरोनाका कारण रोजगारी गुमेर फर्किएका युवालाई काम दिन यस्तो गर्न लाग्एिको हो । उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार पेश गरेको बजेटमा महानगरपालिका, सहकारी र जनता साझेदारीमा उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न बजेटको ब्यवस्था गरेको उल्लेख छ । सहकारी उद्यमशीलता, वित्तीय साक्षरता, सहकारी एकीकरण अभियान तथा अनुगमन निरीक्षण कार्यलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं