ग्यालेक्सी हस्पिटल प्रा.लि. र एनआईसी एशिया बैंकबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।
अब एनआईसी एशिया बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ग्यालेक्सी हस्पिटलबाट फार्मेसी बाहेक सबै स्वास्थ्य सेवा लिदाँ १२ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।
छुट सम्बन्धी संझौतापत्रमा हस्पिटल तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धर र बैंकका तर्फबाट एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले हस्ताक्षर गरेका छन् । यो छुट सुविधा कार्ड होल्डर सहित एनआईसी एशिया बैंकका कर्मचारी र कर्मचारीका परिवारले समेत पाउनेछन् ।
२४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचारसहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा ऋषि ढकालले बताए ।




