Author Archive

राष्ट्रिय माविका अध्यक्ष र वडाध्यक्षसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौँमा दायर गरेको आरोपपत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पदेन सदस्य, अन्य सदस्य तथा निजी विद्यालयका सञ्चालक–प्रिन्सिपल मिलेर सरकारी/सामुदायिक सम्पत्ति निजी प्रयोगमा ल्याई भ्रष्टाचार गरेको ठहर गरिएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पोखरा–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको करिब… पुरा पढौ

दुर्गा प्रसाईं नेतृत्वको अभियानले फिर्ता लियो नेपाल बन्द

दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आइतबारका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ। शनिबार सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल फिर्ता लिन सहमत भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ। वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो। छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका… पुरा पढौ

चाडपर्व उपहारका तेस्रो चरणका विजेता छानिए

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको हाम्रो चाडपर्व उपहार कुपन योजना २०८२ का तेस्रो चरणका विजेताहरु छानिएका छन् । शनिबार कार्यक्रम गरी तेस्रो चरणका बम्पर उपहार विजेताहरू चुनिएको हो । कुपन नम्बर ३१५४५ ले ३२ इन्चको स्माट टिभी पाएका छन् । चार जना कुपन नम्बर २५२७९, ३९९१०, ३७६२७ र ४१२३५ ले स्मार्ट फोन पाएका छन् । किप्याड फोन जित्ने थप २५ मा कुपन नम्बर ४२५२०, ४१५८५, १०४२८, १९१९७, ३११८१, ५००५२,… पुरा पढौ

पोखरामा प्रवचन दिँदै घनश्यामदासजी महाराज

राधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलो पटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ देखि ३ बजेसम्म पोखरामा कार्यक्रम हुने तय भएको हो । तीन दिन उनले दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म ह्वाइट हाउस पार्टी प्यालेसमा उनले प्रवचन दिने आयोजकले जनाएको छ । घनश्यामदास जगद्गुरु कृपालुजी महाराजका जेठा छोरासमेत हुन् । निशुल्क प्रवेश पाइने प्रवचनअघि मंसिर १ गते पोखरा सभागृहबाट… पुरा पढौ

सन्तोषको छलाङ : एकै दिनमा राजीनामा र एकता

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका सन्तोष परियारले आजै नयाँ राजनीतिक यात्रा तीव्र बनाएका छन् । राजीनामा दिँदै नयाँ राजनीतिक अभियान अघि बढाउने बताएका परियारले तीन समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै दल दर्ताका लागि आवेदनसमेत पेश गरेका छन्। सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन् । तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो। सहमति पत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक… पुरा पढौ

कविता: एक भोटको सट्टा

व्यक्तिगत स्वार्थभन्दा माथि,पार्टीगत झण्डाभन्दा माथि,चन्द्र र सूर्य फर्फराइरहेकोएउटा विशाल र नझुक्नेरातो झण्डा —त्यसैको छातामुनि,त्यसैको छायामुनि,त्यसैको मायामुनिआज आशावादी छन् एक भोटका मालिकहरू…त्यही छाताको छहारीमाप्रतीक्षारत छन्देशप्रेमी, न्यायप्रेमी,अग्रगामी, आशावादीर मतदानी जनताहरू —लोकतन्त्रको जितका लागि,व्यवस्थित राज्य प्रणालीका लागि।धेरै भयो,उनीहरूले सपना देखेका —एउटा साझा देश,समान समृद्धिको दौड,समावेशी हासो,आफ्नै सानो घर,देशमै रोजगार।अन्त्य होस् कुनै पनि युद्ध,बनोस् देश समृद्ध। एउटा भोटको सट्टामाउनीहरूको कुनै ठूलो माग छैन। पुरा पढौ

सुरजको सिर्जनामा विनोदको स्वर

गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा संगीत पनि गायक बानियाकै छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न… पुरा पढौ

मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

symbolic pix of snow मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग… पुरा पढौ

भारतमा ‘मोन्था’को विमाख, नेपालमा पनि प्रभाव

भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बंगालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ । दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मंगलबार राति अवतरण हुने अनुमान गरिएको भारतीय मौसम विभाग (आइएमडी) ले जनाएको छ । हाल यो आँधी आन्ध्र प्रदेशको मचिलीपट्टनमबाट… पुरा पढौ

अत्यावश्यक नभई यात्रा नगर्न आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने आङ्कलन गरिएको जनाए । जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी, मधेस र बागमती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं