Author Archive

पोखरामा पंज्ञानीको महाकाव्य युगान्तरको चर्चा

कवि मित्रलाल पंज्ञानी (कणाद)द्वारा लिखित युगान्तर महाकाव्यको सोमबार पोखरामा परिचर्चा गरिएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा बाम बुद्धिजीवी रामराज रेग्मीले सो कृतिमाथि चर्चा गरे । संगमका सल्लाहकारसमेत रहेका रेग्मीले शोषण, उत्पिडन, अन्याय र अत्याचारको अन्त्य गरी समाज रुपान्तरणको मूल विषय कृतिले समेटेको उल्लेख गरे । उनले जनताको क्रान्तिबाट नयाँ युगको सुरुवात भएको सबाल कृतिको मूल सार रहेको बताए । ‘हिंसा काटमारको उद्देश्य राखेर क्रान्ति हँुदैन,’ उनले… पुरा पढौ

फाइभ डी अल्ट्रासाउन्ड अब पोखरामै

गण्डकी प्रदेशको राजधानी सहर पोखराबाट फाइभ डी अन्ट्रासाउन्ड सुरु भएको छ । पोखराको न्युरोडमा रहेको पोखरा फाइभ डी अल्ट्रासाउन्ड डायग्नोस्टिक प्रालिले सोमबारबाट औपचारिक रुपमा सेवा आरम्भ गरेको हो । ५ डी अल्ट्रासाउन्ड उन्नत इमेजिङ प्रविधि हो, जसले सफ्टवेयरमार्फत ३ डी÷४ डी अल्ट्रासाउन्ड इमजेहरुलाई थप परिष्कृत बनाउँदै भ्रुणको यथार्थपूर्ण र जीवन्त दृश्य देखाउँछ । यो प्रविधिलाई एचडी अल्ट्रासाउन्ड पनि भनिन्छ । यस्तो अल्ट्रासाउन्डमा शिशुको अनुहार, बनावट र गतिविधिलाई अझ स्पष्टसँग देख्न… पुरा पढौ

बैंककमा भिजन इन्टरनेसनलको क्षेत्रीय सम्मेलन

अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको सामाजिक संस्था भिजन ईन्टरनेशनलले आफ्नो क्षेत्रिय सम्मेलन थाईल्याण्डको बैंककमा सम्पन्न गरेको छ । क्लबले अक्टोबर ११ तारिकका दिन बैंकक स्थित प्रिन्सटन होटलमा आफ्नो क्षेत्रिय सम्मेलन सम्पन्न गरेको हो । भिजन क्लब ईन्टरनेशनका संस्थापक तथा अन्तराष्ट्रिय अध्यक्ष मंगल दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा भिजन क्लव अफ काठमाडौंका अध्यक्ष राजकृष्ण श्रेष्ठ, सचिव धुर्ब कुमार श्रेष्ठ , कोषाध्यक्ष जय राज श्रेष्ठ , स्वास्थ्य संयोजक बिष्णु बहदुर श्रेष्ठ ,… पुरा पढौ

कविता: म दुईखुट्टे खच्चर

मैले नेपाल देश त्यागेंनेपाली नागरिकता त्यागेंनेपाली राहदानी त्यागेंसनातन धर्म त्यागेंभाषा त्यागेंभेष त्यागेंसंस्कार त्यागेंसंस्कृति त्यागेंचाडपर्व त्यागेंबा - आमा त्यागेंसासु - ससुरा त्यागेंदाजुभाइ त्यागेंसाथीभाइ त्यागेंइष्टमित्र त्यागेंबुध्दि - विवेक त्यागेंपरन्तुपृथ्वीको जून कुनामा पुगेपनिपहिलोनेपालका नेताको थोत्रो झोलादोश्रोसिसाको झोलमरिगए त्याग्न सकिन भारी बोक्न नपाएचारखुट्टे खच्चरको ढाड चिलाउँछझोला बोक्न नपाएम दुईखुट्टे खच्चरको दिमाग चिलाउँछ घरदेशमै बसेरघरदेशकै नेताको झोला बोक्नेहरुझोले नै हुन्दुई छाक भरपेट दालभात खानपरदेशमा बेचिएर पनिघरदेशकै नेताको झोला बोक्ने मझोले होइनमहाझोले हुँ अब उपरान्त मलाईझोले… पुरा पढौ

जेनजी आन्दोलनका घाइतेको खर्चवापत् ४८ लाख ५८ हजार निकासा

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भइपरी खर्चवापत् ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भइपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ। प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी… पुरा पढौ

भाइटीकाको उत्तम साइत ६ गते ११ः३९ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । ‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।देवमणि भट्टराई भन्छन् । यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार… पुरा पढौ

पोखरामा जुवातास खेल्ने र खेलाउने २० जना पक्राउ

पोखराका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २० जना पक्राउ परेका छन्। पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २१२ पत्ती तास र २ लाख ५९ हजार ४५५ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, पोखरा… पुरा पढौ

गजल

बुबा आमा भन्छन अरे छोरा फर्की आको छैनसानी छोरी रुदै भन्छिन बाबा देख्न पाको छैन गाउमा सबका महल बने मेरो त्यही झुपडी छचुहिने त्यो खरको धुरी अझै टिन ले छाको छैन धेरै पैसा कमाएर बोल्न छाडिस भन्छन साथिउनिहरुलाइ के थाहा टन्न पेट भरेर खाको छैन गाउघर मा गएर नि कुटाे कोदालो गर्नै पर्छखेतबारि सब जङ्गल भए घर जान मन लाको छैन पोहोर साल त छिट्टै फर्की आउछु भन्थे आफ्नै देशयहि… पुरा पढौ

नर्सि‌‌ङ आन्दोलन र सरकार

कति असम्बेदनशील छ नेपाल सरकार र सरकारी संयन्त्र भन्ने कुरा हिजोको आन्दोलनरत नर्सिन्ग पक्ष र निजी अस्पताल सन्चालक बीचको बार्ता स्थलबाट प्रष्ट हुन्छ । बिगत हप्तादिन देखि पोखराका केही निजी मेडिकल कलेज तथा अस्पतालमा नर्सहरु आन्दोलनरत छन् र केही दिन देखि अत्यावश्यक सेवा नै प्रभावित हुने गरी आफ्नो काम गर्न छोडेका छन् । यो आन्दोलन बिस्तारै देशब्यापी हॅुदै गैरहेको छ र आन्दोलनमा नर्सिन्ग मात्रै नभई स्वास्थ्य क्षेत्रसॅग सम्बन्धित ल्याब, फार्मेषी… पुरा पढौ

निवृत्त प्राध्यापक समाजमा कृष्णप्रसाद पौडेलको नेतृत्व

निवृत्त प्राध्यापक समाज पोखराको अध्यक्षमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पौडेल अहिले गौरीशंकर बहुमुखी क्याम्पस हेमजका क्याम्पस प्रमुख छन् । समाजको प्रथम अधिवेशनबाट उपाध्यक्षमा प्राध्यापक पद्मशरण रेग्मी, सचिव प्राडा ज्ञानबहादुर कार्की, सहसचिव निरुपा र कोषाध्यक्षमा चन्द्रकान्त रेग्मी छन् । सदस्यहरुमा प्राडा कृष्णप्रसाद पौडेल, विष्णुराज पराजुली, हरिप्रसाद त्रिपाठी, प्राध्यापक दीपकचन्द्र वाग्ले, अञ्जना श्रेष्ठ र लोकनाथ पुडासैनी छन् । अमृतलाल श्रेष्ठको संयोजकत्वमा खुमलाल पौडेल र उपेन्द्र पौडेल सदस्य… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं