Author Archive

कास्कीमा देउसीभैलो खेल्न अब पालिका र प्रशासनको अनुमति अनिवार्य

जेनजी आन्दोलनपछिको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कास्की प्रशासनले देउसीभैलोसहितका सांस्कृतिक कार्यक्रममा कडाइ गर्ने भएको छ। बुधबार सार्वजनिक सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले सभा, समारोह, मेला, जात्रा, कन्सर्टलगायतका कार्यक्रम अघि सम्बन्धित पालिकाको अनुमति अनिवार्य गरेको हो। पालिकाको स्वीकृतिपछि आयोजकले कार्यक्रमको मिति, समय, स्थान, सहभागी संख्या र सम्पर्क विवरण उल्लेख गरी प्रशासनमा निवेदन दिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो। अनुमति बिना कार्यक्रम हुँदा सुरक्षामा चुनौती र विवाद उत्पन्न हुने… पुरा पढौ

पलाँसले ल्याए मृत्युचेतको गजल (भिडियोसहित)

कवि एवम् गीतकार शिव पलाँसको म मर्दा को -को मलामी आए बोलको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउदै गएको समवेदना प्रति ब्यङ्य पनि गरिएको छ । ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्रकारले रेकर्डिङ गरेका हुन् । गायनमा उदाउदै गरेका केशव बादीले गजलका शब्दहरुमाथि न्याय हुने गरि संगीत सृजना… पुरा पढौ

चिनीः भान्छामै रहको मन्द विष !

चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ । करिब २५सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो… पुरा पढौ

कृष्णबहादुर महरा पक्राउ

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । आज उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुन… पुरा पढौ

गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइदै

गण्डकी प्रदेश सरकार अन्तर्गतको गण्डकी आयुर्वेद अस्पताल कास्कीले यही असोज २९ गते बिहान ६ बजेदेखि १० बजेसम्म कास्कीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गर्ने भएको छ । सो कार्यक्रममा लक्षित उमेर समूह असोज २९ गतेसम्म १ वर्ष पुगेका र ५ वर्ष ननाघेकाका बालबालिकालाई स्वर्ण प्राशनको थोपा खुवाइने अस्पतालले जनाएको छ । कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेका र ५ वर्ष ननाघेका बच्चाका अभिभावकले अस्पतालको वेबसाइट गएर वा गण्डकी आयुर्वेद हस्पिटल… पुरा पढौ

मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १०० जनालाई उपहार

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका प्रतिष्ठानबाट मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १ सय जनाले विभिन्न उपहार जितेका छन् । अनुज थापा (कुपन नम्बर १७२३४)ले ३२ इन्चको स्मार्ट टिभी जितेका छन् । संघमा आवद्ध प्रतिष्ठानहरुबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामान किन्नेहरुले उपहार पाएका हुन् । प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ अन्तर्गत शनिबार दोस्रो चरणको उपहार जित्नेहरु चयन गरिएका हुन् । चार स्मार्ट फोन विजेतमा कुपन नम्बर ४७७०, ३८०३६, ६८४५… पुरा पढौ

जहाँ बस्दैछ गण्डकी प्रदेशसभाको बैठक

गण्डकी प्रदेशसभा र प्रदेशसभाको सचिवालय आन्दोलनका क्रममा भदौ २४ गतेको आगजनीबाट नष्ट भएका छन् । जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक असोज २२ गतेलाई आह्वान भएको छ । सभामुख कृष्णप्रसाद धितालले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको हलमा २२ गते १ बजे बैठक आह्वान गरेका छन् । गण्डकी प्रदेश सरकारका अन्य कार्यालयले सरसफाइ र मर्मत गरी काम आरम्भ गरे पनि प्रदेशसभाका कुनै… पुरा पढौ

विपद्मा देशभर ४९ जनाको मृत्यु

शनिबार र आइतबारको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका… पुरा पढौ

वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो, जोखिम कायमै

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको जनाएको छ। वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भएर मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेकाले हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिए… पुरा पढौ

सप्तकोशीमा असामान्य बाढी, आवतजावत बन्द

सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । ब्यारेजमा पानीको बहाव असामान्य रुपमा बढ्दै भएपछि ब्यारेजबाट सवारी आवतजावतमा पूर्णरुपले रोक लगाइएको छ । सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दैगएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं