Author Archive

८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। एक चिनियाँ कम्पनीविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा। रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन्। यीमध्ये पूर्वमन्त्री… पुरा पढौ

विद्यार्थीलाई सेन्ट्रल सेन्चुरीको पोशाक र दाँत परीक्षण

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सेन्चुरीले नियमित कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण र दाँत तथा मुखको स्वास्थ्य जाँच गरिएको छ । लायन्स सेन्ट्रल सेन्चुरी डिस्ट्रिक ३२५ एम नेपाल अन्तर्गतको क्लस्टर ४ रिजन ११ जोन २२ अन्तर्गत पर्छ । शुक्रबार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ सिरिन्डाँडामा रहेको जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । सोही अवसरमा पोखराको न्युरोडमा रहेको माता मनकामना डेन्डलको सहकार्यमा विद्यार्थी र अभिभावकको मुख स्वास्थ्य… पुरा पढौ

‘पल्टिएका पानाहरु’मा भेटिएका मुरलीमोहन

तनहुँ जिल्ला गण्डकी प्रदेशमा बि.स.२०१० साल चैत्र ५ गते जन्मिएर पोखरालाई कर्मथलो बनाएका मुरलीमोहन काफ्ले पिता कृतिशेष दीनानाथ काफ्ले र माता नेत्रमाया काफ्लेका पहिलो सन्तान हुन। बि.स.२०३० बैशाख ३१ गते कास्कीको भूभाग मादी नदीको किनारमा रहेको स्यास्त्रीकी पुन्यप्रभा खनालसग उनको बिबाह भयो। एक छोरा र दुई छोरीका पिता काफ्लेले लामो समय शिक्षक भइ पठन पाठनको काम गरे। २०२८ सालमा शिक्षकमा नियुक्ति पाएका मुरलीले २०५६ सालमा अवकास लिए। अवकास पछिको जीवन… पुरा पढौ

दलहरुले प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार उठाउनैपर्ने

निर्वाचन आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा एकतिहाइ महिला सहभागिता नघट्ने गरी सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य र पुस ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले २० बुँदे निर्देशन जारी गरेको हो । निर्वाचनमा सुशासन र समावेशी समानुपातिक प्रतिनिधित्व कायम गराउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दलहरूलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी… पुरा पढौ

क्यान महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ । अधिकारीलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको हो । आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायर गर्दैछ । कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेका थिए । उनलाई आक्रमण गरेको आरोपमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर… पुरा पढौ

गण्डकी बहुप्राविधिकको निर्देशकमा डा टेकनारायण नियुक्त

गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा टेकनारायण पौडेल नियुक्त भएका छन् । पोखरा महानगरपालिकाको ५७ औँ कार्यपालिका बैठकबाट पौडेललाई निर्देशन नियुक्त गर्ने निर्णय भएको हो । छनोट सिफारिस समिति मंसिर ६ गते निर्देशक पदका लागि तिन जनाको नाम पोखरा महानगरपालिकामा सिफारीस गरेको थियो । निर्देशकको योग्यताक्रमको आधारमा क्रमसः डा टेकनारायण पौडेल, सरोज अधिकारी र यज्ञप्रसाद पराजुलीको नाम सिफारिस गरेको भएको थियो । शिक्षाशास्त्रमा विद्यावारिधी डा पौडेलले जेनेरल मेडिसिनको अध्ययनसमेत गरेका छन्… पुरा पढौ

पहिले सीप, पछि उद्यमी बन्नेलाई बिउँ पुँजी

गण्डकी प्रदेश सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत् युवालाई दक्ष, स्वरोजगार र उद्यमी बनाउन भूमिका निर्वाह गर्दै आएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले युवालाई तालिम दिँदै आएकोमा अब तालिमपछि स्वरोजगार र उद्यमी बन्न चाहनेलाई बिउँ पुँजीसमेत उपलब्ध गराउने भएको हो । यो वर्ष पहिलो चरणमा बुधबारबाट १२ विधामा तालिम सुरु भएको छ । ३ महिने (३९० कार्यघण्टा)का तालिममा… पुरा पढौ

२५ औँ आहा रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट

देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक आहा रारा पोखरा गोल्डकपको २५ औँ संस्करण आगामी माघ २७ गतेदेखि पोखरामा हुने भएको छ । पोखरा रङ्गशालामा आउँदो फागुन ९ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आयोजक सहारा क्लब पोखराले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने प्रतियोगिताको मिति अखिल नेपाल फुटबल सङ्घले दिएका आधारमा आफूहरूले तयारी समेत सुरु गरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो ।… पुरा पढौ

पिसिएममा जब फेस्ट: रोजगारदाता, रोजगारी खोज्नेहरु एकै ठाउँमा

पोखराको नदीपुर स्थित पोखरा कलेज अफ म्यानेज्मेन्टको आयोजनामा ‘पिसिएम जब फेस्ट–२०२५’ भएको छ । नेपाल युवा उद्यमी मञ्च, पोखरासँगको सहकार्यमा कलेज प्रांगणमा सम्पन्न फेस्टमा बिबिए, बिसिएस आइटीतर्फ सातौं तथा आठौं सेमेस्टरमा अध्यायनरत तथा भर्खरै पास आउटसमेत गरी झण्डै २ सय विद्यार्थीको सहभागिता थियो । फेस्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट, पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित प्रतिष्ठानका स्टल थिए । कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी… पुरा पढौ

लेखनाथ महोत्सव पुस ३ देखि १४ गतेसम्म

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साताबाट २१ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । संघले पुस ३ देखि १४ गतेसम्म पोखरा २७ को तालचोकमा महोत्सव गर्दै छ । संघका अध्यक्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं