क्यान महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।

अधिकारीलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको हो । आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायर गर्दैछ ।

कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेका थिए । उनलाई आक्रमण गरेको आरोपमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घर भएका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।